Skip to main content

उद्देश्यहरु

सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायमा उल्लेख भए बमोजिमका काम कारबाही गर्नु संस्थाको उद्देश्य हुनेछ।
क) संस्थामा संलग्न समुदायका सदस्यहरु बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रबर्द्धन गर्ने।
ख) नियमित रुपमा सदस्यहरुबाट निक्षेप संकलन गर्नुका साथै उनीहरुले जम्मा गरेको निक्षेपमा आकर्षक व्याज प्रदान गर्ने।
ग) उत्पादनशील, आयमूलक, सीपमूलक, व्यावसयिक उद्देश्यका लागि सदस्यहरुलाई उचित व्याज दरमा ऋण प्रदान गर्ने।
घ) आत्म निर्भरता तथा आत्मविश्वास वृद्धि गर्न सदस्यहरुलाई उत्प्रेरित गर्ने।
ङ) सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका तालिम तथा परामर्श उपलब्ध गराउने
च) जिल्ला तथा केन्द्रीय छाता संगठनहरुको सदस्यता ग्रहण गर्दै अन्तराष्ट्रिय र संघ संगठनहरु संग सम्बन्ध विस्तार गर्ने।
ज) दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने। तालिम संचालन गर्ने , प्रशिक्षक उत्पादन गर्ने।
झ) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरु संग सहयोगात्मक भावना राख्ने।
ञ) सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन नियमहरु र यस संस्थाको विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय विक्रय गर्ने, विनिमय गर्ने, हस्तास्तरण गर्ने, धरौटी राख्ने, धितो बन्धक राख्ने, आदि कार्य गर्ने।
ट) सदस्यहरु तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना सञ्चालन गर्ने।
ठ) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुर्याउने।
ड)सेवाकेन्द्र सञ्चालनमा ल्याउने।
ढ) सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न अत्याधुनिक प्रविधिहरुलाई अवलम्बन गर्दै जाने।
ण) सदस्यहरुको चाहना तथा आवश्यकतामा आधारित बचत तथा निक्षेपमा विविधीकरण गर्ने।
त) संस्थामा तरलता तथा लगानी योग्य रकम कम भएको अवस्थामा तरलता व्यवस्था गर्न तथा सदस्यहरुको ऋण आवश्यकता पुरा गर्न अन्य संघ संस्थाबाट ऋण लिने ।
थ) मुद्रा विप्रेषण (रेमीटेन्स) को कार्य गर्ने।

No Comments yet!