Skip to main content

किसान साकोसको पूर्व क्षेत्र स्तरिय बजार प्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रमको २०७८ सम्पन्न

यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को बजार प्रतिनिधि कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम २०७८ सम्पन्न भएको छ।

पूर्व क्षेत्र स्तरिय ३ माघ २०७८का दिन किसान साकोस केन्द्रिय कार्यलय गैंडाकोटको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेल र विशेष उपस्थितीमा संस्थाका अध्यक्ष श्रीहरि चालिसे र कोषाध्यक्ष प्रेम सापकोटा एवं लघुवित्त विभाग प्रमुख प्रेम सापकोटा, ऋण विभाग प्रमुख एकराज सुवेदी, केन्द्रिय कार्यलय ईन्चार्ज अर्जुन पौडेल लगायतको उपस्थिती थियो। कार्यक्रमको सहजिकरण क्षेत्रिय प्रबन्धक माधव बनले गर्नु भएको थियो।

क्षमता अभिवृद्धि प्रस्तुतिकरण प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेल, क्षेत्रिय प्रबन्धकहरु जिवलाल तिवारी र माधव बन र आईटी प्रमुख सागर क्षेत्रीले गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्रीहरि चालिसे र कोषाध्यक्ष प्रेम सापकोटाबाट विशेष सम्बोधन भएको थियो ।

रत्ननगरका महिला सदस्यहरुका लागि एक दिने झोल साबुन र बाटेको धुप बनाउने तालिम किसान साकोस सौहार्द सेवाकेन्द्रद्वारा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि, सौहार्द सेवा केन्द्र सौराहाचोक, टाँडी, रत्ननगर १, चितवनद्वारा आयोजित १ दिने झोल साबुन तथा बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । यस कार्यक्रममा संस्थाका महिला समुहमा आवद्ध महिला सदस्यहरुको सीप विकास तथा उद्यमशिलता विकास र आर्थिक स्तर उकास्ने उद्देस्यले रत्ननगर १ स्थीत हरिहर बेन्क्युटक सभाहलमा सञ्चलान भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सहकारी उपशाखा प्रमुख श्री गृष्मा शर्माले ब्यानर पढेर गर्नुभएको थियो । उहाँले तालिम पछि किसान साकोसका सबै सदस्यहरुले आफ्नो सीपबाट उत्पादन भएको सामाग्रीबाट आय आर्जन गर्दै आत्म निर्भर र स्वाबलम्बी हुनुहुनेछ भन्ने विश्वास राख्दै, थप तालिमहरुको आयोजना गरी किसान साकोस सौहार्द सेवा केन्द्रले आफ्ना सदस्यलाई साच्चै गरिविको रेखाबाट माथि उकास्ने छ भन्ने अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभयो ।

लघुवित्त उप समिति संयोजक श्री सविता पौडेलद्वारा स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अतिथिको रूपमा केन्द्रीय प्रतिनिधी सह सचिव श्री सरस्वती कँडेल, केन्द्रीय प्रतिनिधी सञ्चालक सदस्य पार्वती ज्ञावली, लघु वित्त उप समिति सदस्य श्री अन्जु घिमीरे, लघुवित्त प्रमुख प्रेम अधिकारी लगायतको उपस्थिति थियो। तालिमको सहजकर्ता संस्थाका सह सचिव सरस्वती कडेल र सञ्चालक सदस्य श्री पार्वती ज्ञावली गर्नुभएको थियो ।

तालिमपछि लालीगुँरास महिला समुहको अध्यक्ष सुर्यवती उपाध्यायले तालिमले सबैको आय आर्जनमा वृद्धि हुने र आफुलाई खर्च गर्ने रकम आफै कमाउन सकिने, तालिमले महिलाहरुलाई सक्षम र नेतृत्व विकास गराउने साथै महिलाहरुलाई आवश्यकता बमोजिम गर गहना बनाउने तालिमको समेत अपेक्षा राख्दै मन्तव्य व्यक्त गर्नुभयो ।

त्यस्तै सक्रिय महिला समुहको सचिव रोसा सापकोटाले तालिमबाट सिकेको सिपको पूर्ण प्रयोग गर्दे आय आर्जन भएको सबै रकम संस्थामै बचत गर्ने बानीको विकास गर्नुपर्ने विचार राख्नुभयो ।

उक्त कार्यक्रम सौहार्द सेवा केन्द्र संयोजक श्री चन्द्रप्रसाद नेपालको सभापतित्वमा सम्पन्न भएको थियो। ५५ जना उपस्थित कार्यक्रममा २७ समूहबाट ४७ जनाले तालिममा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन इन्चार्ज भरत प्रसाद पौडेलले गर्नुभएको थियो।

किसान साकोस, देवज्योति कृषी सहकारी तथा किर्तिपुर ऐकिकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाट्न समारोह

११ माघ, देवचुली नगरपालिका ।
नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान साकोस, देवचुली नगरपालिका अवस्थित किर्तिपुर साकोस र देवज्योति कृषी सहकारी बीच एकीकरण घोषणासभा तथा किसानको १४ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ इतिहास रचेको हो ।
शनिबार देवचुली नगरपालिका वडा नं. ९ स्थित देवज्योति सेवाकेन्द्र परिसर पछाडीको मैदानमा आयोजित कार्यक्रममा तिनवटा सहकारीको एकीकरण घोषणा गर्नुका साथै नयाँ सेवा केन्द्रको समेत शुभारम्भ गरिएको हो ।
 
कार्यक्रममा साविक किसान साकोस, साविक देवज्योति कृषी सहकारी र किर्तिपुर साकोसका प्रतिनिधीहरुले मञ्चमा हात समातेर संगसंगै उठाई एकिकरणको सन्देश दिनुभएको थियो ।
कार्यक्रममा एकीकरण पछि बनेको नयाँ सेवा केन्द्र देवज्योति सेवा केन्द्रको प्रमुख अतिथी देवचुली नगरपालिकाका नगरप्रमुख श्री पूर्ण कुमार श्रेष्ठद्वारा रिबन काटेर समुद्घाटन गर्नुभएको थियो।
 
कार्यक्रममा विशिष्ट अतिथीकारुपमा नेपाल बचत तथा ॠण केन्द्रीय संघ लि. ( नेफ्स्कून ) का लेखा समिती संयोजक नवराज सापकोटा , नेफ्स्कून संचालक समिति सदस्य विद्या कोइराला साथै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल रहनुभएको थियो।
 
कार्यक्रममा मनतव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले किसान साकोसले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले सहभागीलाई स्वागत गर्दै विक्रम संवत २०५२ सालमा स्थापना भएको सहकारी हाल शेयर सदस्यको हातेमालोका कारणले विशाल सहकारी बन्दै अघि बढिरहेको बताउँदै अब्बल वित्तीय संस्थाका रुपमा विकासित र बिस्तार हुँदैं चितवन र तनहुँ जिल्लामा पनि फैलिएको बताउनु भयो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले निती विधी र प्रविधी अंँगाल्दै गइरहेको सहकारीबाट दिगो रुपमा सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरी एकीकृत र गुणस्तरीय सेवा प्रदान गर्न अघि बढेको बताउनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी कलाकारहरु चन्द्रा गुरुङ्ग, प्रेम बराल, गणेश वि.क.न, गोविन्द भुसाल, सपना परियार, मैना गुरुङ्गको सांस्कृतिक प्रस्तुती राखेका थिए ।
 
संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता एवंम् साविक किर्तिपुर साकोस अध्यक्ष नौला सिं सुनारी र साविक देवज्योति कृषी सहकारीका अध्यक्ष खगराज कँडेलको सहअध्यक्षता रहेको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाको सहजीकरणमा सम्पन्न भएको हो ।