Skip to main content

कर्मचारी आवश्यक्ता

नोटः
hr @ kisan.org.np मा निवेदन तथा आवश्यक प्रमाणपत्रहरु सबै 5MB भित्र रहने गरी स्क्यान गरी पठाउन सक्नुहुन्छ।
साथै यो अनुसुची फारम डाउनलोड गरी पनि भर्नुहोला।

समुह परिचालक बैठक सम्पन्न

किसान साकोसको लघुवित्त कार्यक्रम अन्तर्गत समुह परिचालकहरुको बैठक सम्पन्न गरिएको छ। क्षेत्रीय रुपमा सम्पन्न भएको उक्त बैठकमा संस्थामा कार्यरत सम्पूर्ण समुह परिचालक कर्मचारीहरुको उपस्थिती रहेको थियो। विशेषगरी आगामी रणनीतिक योजनाको विषयमा भएको उक्त बैठकमा समुह संख्या वृद्धि, बचत कार्यक्रममा वृद्धि, लघु उद्यममा जोड लगायतको विषयमा छलफल तथा प्रस्तुतिकरण गर्दै बैठकको समापन गरिएको थियो।

क्षेत्रगतरुपमा दुई दिनसम्म भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, वरिष्ठ अधिकृत गणेश शर्मा पौडेल, क्षेत्रीय प्रमुखहरु माधव वन र जिवलाल तिवारी, इन्चार्जहरु अजुर्न पौडेल, डिलाराम न्यौपाने लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजीकरण लघुवित्त कार्यक्रम प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो। संस्थाको लघुवित्त कार्यक्रममा अहिले करिब बाइस हजार शेयर सदस्य आबद्ध रहेका छन्।

किसान साकोसको स्मार्ट किसान एप स्मार्ट मोबाईलमा कसरी राख्ने

स्मार्ट किसान एपले किसान स्मार्ट बैंकिंगले यसको दर्ता प्रयोगकर्ताहरूलाई सुविधाजनक तरीकाले उनीहरूको खातामा पहुँच गर्न अनुमति दिन्छ। यो सुरक्षित छ र २xx7 उपलब्ध छ। प्रयोगकर्ताले उनीहरूको ब्यालेन्स, स्टेटमेन्ट्स, अनुरोध चेक बुक, ट्रान्सफर कोष र अनलाइन भुक्तानहरू जस्तै मोबाइल टॉपअपहरू र इन्टरनेट भुक्तानीको पूर्वावलोकन गर्न सक्दछ।


Android को लागी:

एन्ड्रोइडमा हाम्रो अनुप्रयोग स्थापना गर्न, केवल गुगल प्ले स्टोरमा जानुहोस् र हाम्रो अनुप्रयोग खोजी गर्नुहोस्। स्थापना बटन थिच्नुहोस् र तपाईंको अनुप्रयोग तयार हुनेछ।

आईओएस को लागी:

तपाईंको उपकरणमा हाम्रो अनुप्रयोगको सफल स्थापना सुनिश्चित गर्न तलका प्रक्रियाहरू होसियारीपूर्वक पालन गर्नुहोस्:

१. सबैभन्दा पहिले, तपाईसँग १-9 चरण भरि एक सक्रिय इन्टरनेट जडान हुनुपर्नेछ। माथिको स्थापना बटनमा ट्याप गर्नुहोस्। तपाईंले एक संवाद बाकस प्राप्त गर्नुहुनेछ जुन तपाईंलाई यस प्रकारको हाम्रो अनुप्रयोग स्थापना गर्न प्रोम्प्ट गर्दछ:

२. “स्थापना” बटनमा ट्याप गर्नुहोस् र तपाईंको डाउनलोड छिट्टै सुरू हुनेछ। तपाईंको डाउनलोड जाँच गर्नका लागि, तपाईंको फोनको होम स्क्रिनमा जानुहोस् र तपाईंको अन्तिम होम स्क्रिन पृष्ठमा अनुप्रयोग स्थापना भएको भेट्टाउनुहोस्।

Installation. स्थापना पूरा भएपछि तपाईले एक संवाद पाउनुहुनेछ जुन यस सन्देशका साथ तपाईलाई प्रोम्प्ट गर्दैछ।

Our. हाम्रो अनुप्रयोग चलाउन, केहि कार्यहरू गर्नु आवश्यक छ। सेटिंग्समा जानुहोस् -> सामान्य -> ​​उपकरण व्यवस्थापन ।

After. त्यसपछि, माइक्रो बैंकर नेपालमा ट्याप गर्नुहोस् ।

Trust . ट्रस्ट “माइक्रो बैंकर नेपाल” मा ट्याप गर्नुहोस् ।

तपाईले एउटा संवाद पाउनुहुनेछ जुन तपाईलाई तल झै प्रम्प्ट गर्दैछ। ट्रस्टमा ट्याप गर्नुहोस् ।

तपाईको स्क्रीनमा निम्न दृश्य प्राप्त गर्नुपर्दछ यदि सबै चरणहरू सफल भए।

चरण completing पूरा गरेपछि तपाई आफ्नो अनुप्रयोग खोल्न र प्रयोग गर्न सक्नुहुनेछ।

सम्पूर्ण सदस्यहरुमा जानकारीको लागि हार्दिक अनुरोध।

हाल विश्वमा आईरहेको कोभिड भाईरस महामारीको दोस्रो लहरको कारणबाट नेपाल सरकार, जिल्ला प्रशासन तथा स्थानिय तहहरुले लागू गरेको निषेधाज्ञाका कारण संस्थाबाट ऋण लिई व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएका सदस्यहरुलाई २०७८ साल वैशाख १६ गते देखि असार मसान्तसम्म भाखा नाघेको ऋणमा लाग्ने हर्जाना छुट गर्ने निर्णय भएको हुँदा अषाढ मसान्तसम्म संस्थामा बुझाउनु पर्ने किस्ता र व्याज समयमै बुझाउनुहुन सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरुमा जानकारी गराउँदछौं।

नारायणगढ सेवाकेन्द्र शुभारम्भ

भरतपुर, ११ वैशाख ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१औँ सेवाकेन्द्र नारायणगढको पुतलीबजारमा ‘नारायणगढ सेवाकेन्द्र’ सुरु गरेको छ । उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठद्वारा सेवाकेन्द्रको उद्घाटन रिबन काटेर गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले “सहकारीले बचत र ऋण सँगसँगै उत्पादनमुलक कामलाई प्राथमिकतामा राख्नुपर्ने” बताउनुभयो । “`बैंकले व्यापार र बिनिमयलाई आफ्नो मुख्य अभियान बनाए पनि आफूले हेर्ने हरेक क्षेत्रमा उत्पादनमुखी हुनसकेमा सेवाग्राहीलाई सफलता मिल्नेछ” -श्रेष्ठले भन्नुभयो ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसे कार्यक्रममा किसानले किसानमैत्री बित्तीय कारोबार सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवामुखी कामहरू निरन्तर गर्दै आइरहेको बताउनुभयो ।

नवलपुरको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचतको यो २१ औँ शाखा हो । नवलपुरका ८ वटै स्थानीय निकायमा यसका शाखा र सेवा केन्द्र छन् । त्यसैगरी भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र तनहुँको देवघाट गाउँपालिकामा पनि किसान बचतका सेवा केन्द्रहरू रहेका छन् ।

आगामी ५ वर्षभित्र कुल ४० वटा शाखा मार्फत सेवा प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष चालिसेले बताउनुभयो ।

नारायणगढ शाखाका संयोजक शंकर घिमिरेले किसान बचतले नारायणगढका व्यवसायी र नगरबासीको सेवा गर्न आएकोले सेवा गर्ने मौका दिन अनुरोध गर्नुभयो ।

७० हजार बढी सदस्य रहेका किसान साकोसको ३ अर्ब बराबरको पुँजी छ । किसानले कृषि, व्यापार, पेशा, साना व्यवसाय, लघुउद्यम, शिक्षा, घरजग्गा, हायरपर्चेज, अटो लगायतका क्षेत्रमा ऋण प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा किसान साकोसका सञ्चालक समिति सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन समितिहरु, सिईयो, लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नु भएको थियो।

समूह व्यवस्थापन अभिमुखिकरण तालिम भरतपुरमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समृद्धी भरतपुर सेवा केन्द्रमा २०७७ चैत्र २७ गते सेवाकेन्द्र व्यवस्थापन उपसमिति सहसंयोजक एवं लघुवित्त उपसमिति संयोजक श्री अम्बिका सुबेदिज्यूको सभापतित्वमा लघुवित्त समुहका पदाधिकारीहरुलाई समूह व्यबस्थापन अभिमुखिकरण तालिम भरतपुर ११ पोखरी चोक स्थीत सामुदायिक भबनको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सेवाकेन्द्र व्यबस्थापन उपसमिती सदस्य श्री भरत प्रसाद अधिकरी, श्री गौरी लामिछाने, श्री अनिता तिमिल्सिना तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजीकरण लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

रत्ननगरका महिला सदस्यहरुका लागि एक दिने झोल साबुन र बाटेको धुप बनाउने तालिम किसान साकोस सौहार्द सेवाकेन्द्रद्वारा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि, सौहार्द सेवा केन्द्र सौराहाचोक, टाँडी, रत्ननगर १, चितवनद्वारा आयोजित १ दिने झोल साबुन तथा बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । यस कार्यक्रममा संस्थाका महिला समुहमा आवद्ध महिला सदस्यहरुको सीप विकास तथा उद्यमशिलता विकास र आर्थिक स्तर उकास्ने उद्देस्यले रत्ननगर १ स्थीत हरिहर बेन्क्युटक सभाहलमा सञ्चलान भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सहकारी उपशाखा प्रमुख श्री गृष्मा शर्माले ब्यानर पढेर गर्नुभएको थियो । उहाँले तालिम पछि किसान साकोसका सबै सदस्यहरुले आफ्नो सीपबाट उत्पादन भएको सामाग्रीबाट आय आर्जन गर्दै आत्म निर्भर र स्वाबलम्बी हुनुहुनेछ भन्ने विश्वास राख्दै, थप तालिमहरुको आयोजना गरी किसान साकोस सौहार्द सेवा केन्द्रले आफ्ना सदस्यलाई साच्चै गरिविको रेखाबाट माथि उकास्ने छ भन्ने अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभयो ।

लघुवित्त उप समिति संयोजक श्री सविता पौडेलद्वारा स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अतिथिको रूपमा केन्द्रीय प्रतिनिधी सह सचिव श्री सरस्वती कँडेल, केन्द्रीय प्रतिनिधी सञ्चालक सदस्य पार्वती ज्ञावली, लघु वित्त उप समिति सदस्य श्री अन्जु घिमीरे, लघुवित्त प्रमुख प्रेम अधिकारी लगायतको उपस्थिति थियो। तालिमको सहजकर्ता संस्थाका सह सचिव सरस्वती कडेल र सञ्चालक सदस्य श्री पार्वती ज्ञावली गर्नुभएको थियो ।

तालिमपछि लालीगुँरास महिला समुहको अध्यक्ष सुर्यवती उपाध्यायले तालिमले सबैको आय आर्जनमा वृद्धि हुने र आफुलाई खर्च गर्ने रकम आफै कमाउन सकिने, तालिमले महिलाहरुलाई सक्षम र नेतृत्व विकास गराउने साथै महिलाहरुलाई आवश्यकता बमोजिम गर गहना बनाउने तालिमको समेत अपेक्षा राख्दै मन्तव्य व्यक्त गर्नुभयो ।

त्यस्तै सक्रिय महिला समुहको सचिव रोसा सापकोटाले तालिमबाट सिकेको सिपको पूर्ण प्रयोग गर्दे आय आर्जन भएको सबै रकम संस्थामै बचत गर्ने बानीको विकास गर्नुपर्ने विचार राख्नुभयो ।

उक्त कार्यक्रम सौहार्द सेवा केन्द्र संयोजक श्री चन्द्रप्रसाद नेपालको सभापतित्वमा सम्पन्न भएको थियो। ५५ जना उपस्थित कार्यक्रममा २७ समूहबाट ४७ जनाले तालिममा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन इन्चार्ज भरत प्रसाद पौडेलले गर्नुभएको थियो।