१४ औंं शाखाको रुपमा देवज्योति सेवा केन्द्र देवचुली ९ विशालटारबाट एकिकृत सेवा शुभारम्भ
किसान वचत तथा ऋण सहकारी संस्थाको १४ औंं शाखाको रुपमा देवज्योति सेवा केन्द, देवचुली ९ विशालटारवाट एकिकृत सेवा केन्द्रको सेवा शुभारम्भ कार्यक्रम सेवा केन्द्र संयोजक श्री खगराज कण्डेलज्यूको अध्यक्षता र किसान वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री श्रीहरि चालिसे ज्यूको विशेष उपस्थितिमा स्थानीय कन्या सहारा थापावाट कलश भित्राई मिति २०७६ श्रावण १ का दिन सम्पन्न भयो । कार्यक्रममा दुवै संस्थाका संचालक पदाधिकारी तथा सदस्यहरु, पञ्चदृष्टि सेवा केन्द्र, दलदलेका व्यवस्थापन उपसमितिका सदस्यहरु, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, शेयरसदस्यहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव श्री अनिल सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा संचालक सदस्य एवं पञ्चदृष्टि सेवा केन्द्र संयोजक श्री रेशमलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले संस्थाले प्रदान गर्ने सेवासुविधाको वारेमा जानाकारी गराँउदै एकिकरणको सवै शेयरसदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । देवज्योति सेवा केन्द्र संयोजक खगराज कंडेलले अन्र्तराष्टिय गुणस्तर चिन्ह प्राप्त किसान साकोससंग एकिकरण भई अव सवै सदस्यहरुलाई वित्तिय तथा अन्य सेवा सुविधाहरु अझै वढी दिन सफल हुने कुरामा सदस्यहरुलाई जानाकारी गराउँदै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका केही झलकहरु
[wpfbint_gallery]
किसान साकोसको लघुवित्त कार्यक्रम अन्तर्गत सोमबार २ वटा लघुवित्त समूह गठन
किसान साकोसद्वारा सेयर सदस्यलाई पारिवारिक राहत हस्तान्तरण
एकीकृत वित्तीय सेवा किसानको शान्, किसान सोकासको अर्को कीर्तिमान
नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट र भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटार बीच एकीकरण घोषणासभा तथा किसानको १३ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ इतिहास रचेको हो ।
किसान साकोस र भविष्य निर्माण साकोस एकिकरण समारोह
किसान बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट र भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटार बीच एकीकरण घोषणासभा तथा किसानको १३ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ सहकारी क्षेत्रमा ईतिहास रचेको छ ।
[wpfbint_gallery id=1299476420228681]
रानिटार, चोरमारामा १३औ सेवा केन्द्रको शुभारम्भ
Maula Kalika Temple
हिमवत्खण्डका रूपमा परिचित नेपाल राष्ट्रको मध्य भू-भाग ऋषिमुनिहरूको तपोभूमि देवघाट क्षेत्र परिसर नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका मा, पूर्व पश्चिम महेन्द्र हाईवेको नारायणी-पुल देखि उत्तर तर्फमा लगभग ४ कि.मी. टाडा, समुद्र सतह देखि 561 मीटर ऊचाई पहाडी बनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रवल मौलाकालिका भगवती को मन्दिर स्थित अवस्थित छ।
Moula Kalika Temple – Pride of Nawalpur