गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो मृतक सेयर सदस्यको परिवारलाई पारिवारिक राहत हस्तान्तरण गरेको छ । सहकारीले गैंडाकोट वडा नं. २ बस्ने आफ्नो सेयर सदस्यसमेत रहेका तिलचन्द्र अधिकारीको सडक दुर्घटनामा परी मृत्यु भएपछि उहाँको परिवारमा पुगी राहत स्वरुप बीस हजार रकम प्रदान गरेको हो ।
संस्थाको पारिवारिक राहत कोषमार्फत परिवारलाई रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभएको छ । सोहीक्रममा सहकारीका अध्यक्ष श्रीहरि चालिसेले परिवारजनलाई राहत रकम प्रदान गर्नुभएको थियो । लामो समयदेखि शैक्षिक क्रिृयाकलापमा संलग्न रहेका अधिकारीको गत असार ९ गते मध्यरातमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सहकारीले स्वर्गीय अधिकारीको ३८ वर्षको अल्पायुमै दुर्घटनामा परी देहावसान हुनु भएकोमा समवेदना तथा श्रद्धाञ्जलीसमेत प्रकट गरेको छ ।
राहत रकम परिवारजनलाई हस्तान्तरण गर्नको लागि संस्थाको तर्फवाट अध्यक्ष चालिसे, सञ्चालक सदस्य ईन्दिरा पाण्डे, लघुवित्त शाखा प्रमुख प्रेमप्रसाद अधिकारी, सेवाकेन्द्र इञ्चार्ज चन्द्रबहादुर सुनारी र विकाश पौड्यालको उपस्थिति रहेको थियो । सदस्यहरुसँग दिगो सम्बन्ध स्थापना गर्न तथा संस्थाप्रतिको सामीप्यता/अपनत्व बृद्धि गर्न जन्मदेखि मृत्युसम्मका हरेक क्रिृयाकलापमा संस्थागत सहभागिता गराउने उद्देश्य लिई सदस्यहरुको असामयिक निधनमा निजका परिवारजनहरुलाई केही आर्थिक राहत प्रदान गर्न वि.सं.२०६१ सालदेखि संस्थाले पारिवारिक राहत कोष सञ्चालनमा ल्याएको हो ।
यस कोषमा सहभागी भएका सदस्यहरुलाई निजको मृत्युपश्चात रु. २०,०००।०० निजको हकवालालाई प्रदान गर्नेे गरिएको सहकारीले जनाएको छ । हालसम्म संस्थाको पारिवारिक राहतकोष कार्यक्रममा सहभागी हुने सदस्यहरुमध्ये ७६ जना सदस्यहरुको असामयिक निधन पश्चात रु. २०,००० का दरले रु. १५,२०,०००।०० (अक्षेरुपी पन्ध्र लाख बीस हजार रुपैंयाँ) निजका हकवालालाई हस्तान्तरण गरिसकेको छ ।
सदस्यहरुको परिवारमा नवजात शिशुको आगमन सँगै शिशुलाई बस्त्र तथा आमालाई पोसिलो आहार र शुभकामनासहित संस्थागत भेटघाट गर्ने गरेको छ भने विवाह, व्रतवन्ध, सहश्रचन्द्रदर्शन जस्ता सांस्कृतिक क्रियाकलाप तथा सदस्यहरुको दःुख, सुखमा सहभागी हुने काम गरेको छ । संस्थाका जेष्ठ सदस्यहरुलाई क्रमश वार्षिकरुपमा धार्मिक तीर्थाटन गराउने कार्य पनि गराँउदै आइरहेको छ ।
संस्थाले गत वर्षदेखि महिला सेयर सदस्यहरुको वित्तीय क्षेत्रमा पहुँच पु¥याउन तथा महिला सशक्तीकरणको लागि नेतृत्व विकासका तथा विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यकासाथ लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको छ भने हालसम्म ६२१ वटा समूह निर्माण भइसकेको र उक्त समूहमा करिब १५ हजार महिला सदस्यहरु आवद्ध भई संस्थाले सदस्यहरुको घरदैलोबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
 यस कार्यक्रमअन्तरर्गत हरेक समूहमा मासिक बैठक बसी अधिकतम प्रति सदस्य रु. ३ लाखसम्म ऋण आवश्यक भएका सदस्यहरुलाई ऋण लगानी गर्ने गरेको छ भने कुनै कारणवस ऋणी सदस्यको मृत्यु भएमा निजको परिवारलाई थोरै भए पनि आर्थिक पीडा कम गर्न सदस्यले संस्थामा भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्दै आएको छ ।
कार्यक्रम सञ्चालन भएपछि  ५ जना समूहका सदस्यहरुको मृत्यु पश्चात बाँकी ऋण रु. ३,५२,४६३।०० (अक्षरुपी तीन लाख बाउन्न हजार चार सय त्रिसठ्ठी रुपैंयाँ)  मिनाह गरिसकेको छ । संस्थाले लघुवित्त कार्यक्रमअन्तर्गत समूहमा लगानी गरेको ऋणीको मृत्यु पश्चात उक्त ऋण सुरक्षणको लागि चिन्ता निवारण कोष सञ्चालनमा ल्याएको छ ।