Skip to main content

१४ औंं शाखाको रुपमा देवज्योति सेवा केन्द्र देवचुली ९ विशालटारबाट एकिकृत सेवा शुभारम्भ

किसान वचत तथा ऋण सहकारी संस्थाको १४ औंं शाखाको रुपमा देवज्योति सेवा केन्द, देवचुली ९  विशालटारवाट एकिकृत सेवा केन्द्रको सेवा शुभारम्भ कार्यक्रम सेवा केन्द्र संयोजक श्री खगराज कण्डेलज्यूको अध्यक्षता र किसान वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री श्रीहरि चालिसे ज्यूको विशेष उपस्थितिमा स्थानीय कन्या सहारा थापावाट कलश भित्राई मिति २०७६ श्रावण १ का दिन सम्पन्न भयो । कार्यक्रममा दुवै संस्थाका संचालक पदाधिकारी तथा सदस्यहरु, पञ्चदृष्टि सेवा केन्द्र, दलदलेका व्यवस्थापन उपसमितिका सदस्यहरु, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, शेयरसदस्यहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव श्री अनिल सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा संचालक सदस्य एवं पञ्चदृष्टि सेवा केन्द्र संयोजक श्री रेशमलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले संस्थाले प्रदान गर्ने सेवासुविधाको वारेमा जानाकारी गराँउदै एकिकरणको सवै शेयरसदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । देवज्योति सेवा केन्द्र संयोजक खगराज कंडेलले अन्र्तराष्टिय गुणस्तर चिन्ह प्राप्त किसान साकोससंग एकिकरण भई अव सवै सदस्यहरुलाई वित्तिय तथा अन्य सेवा सुविधाहरु अझै वढी दिन सफल हुने कुरामा सदस्यहरुलाई जानाकारी गराउँदै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।


कार्यक्रमका केही झलकहरु

[wpfbint_gallery]