किसान साकोसका सदस्यलाई नारायणी सामुदायिक अस्पतालमा १७% छुट
किसान साकाेसका सदस्य लाभको योजना अनुसार सम्पूर्ण स्वास्थ्य उपचारमा १७% छुटका लागि नारायणी सामुदायिक अस्पताल सँग बृहत छलफल पछि सम्झौता सम्पन्न भएको छ ।
किसान साकोसका तर्फबाट अध्यक्ष श्री श्रीहरि चालिसे र एनपिआईका तर्फबाट कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठबाट सम्झौतामा हस्ताक्षर भएको थियो।
19 September 2019
गैँडाकोट वडा नं. ४ का महिला समूहहरूको लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
किसान साकोस केन्द्र अन्तर्गतका गैँडाकोट वडा नं.४ का ६ वटा महिला समूहका ५३ जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम तथा नीति नियम सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।
संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञावली, संञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक श्री तिलक पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, महिला जागरण उपसमितिका सदस्य शकुन्तला घिमिरे, सूचना तथा सञ्चार उपसमितिका सदस्य राजन खरालको उपस्थीति रहेको थियो।
लघुवित्त प्रमुख प्रेम अधिकारीले सञ्चालन गर्नु भएको उक्त तालिमको सहजिकरण संस्थाका श्रीहरि चालिसे, तिलक प्रसाद पराजुली र नवराज सापकोटाले गर्नु भएको थियो।
https://www.facebook.com/pg/kisansaccos/photos/?tab=album&album_id=1397631913746464
३१ भाद्र २०७६ – किसान साकोस केन्द्र गैँडाकोट
संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तर्क्रिया कार्यक्रम – देवचुली सेवाकेन्द्र – ६ आश्विन २०७६
संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
सेवा केन्द्रः देवचुली सेवाकेन्द्र
मितिः ६ आश्विन २०७६
समयः ११ः०० बजे
स्थानः कुम्सोत
गैँडाकोट वडा नं. ८ का महिला समूहहरूको लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
किसान साकोस केन्द्र अन्तर्गतका गैँडाकोट वडा नं.८का ५ वटा महिला समूहका ५४ जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम तथा नीति नियम सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।
किसान केन्द्रको सभाहलमा सञ्चालित कार्यक्रममा अध्यक्ष श्रीहरी चालिसे, संञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाद्वारा तालिम प्रदान एवं छलफल सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीहरी चालिसेज्यूबाट भएको थियो।
https://www.facebook.com/pg/kisansaccos/photos/?tab=album&album_id=1396911977151791
३० भाद्र २०७६
गैँडाकोट
संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम भविष्य निमार्ण सेवाकेन्द्रमा सम्पन्न
किसान वचत तथा ऋण सहकारी संस्था लि. को भविष्य निमार्ण सेवा केन्द्रमा सेवाकेन्द्र संयोजक श्री धनञ्जय शर्माज्यूको अध्यक्षतामा संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम चोरमारा बजार विकास समितिको हलमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसे, सञ्चालक सदस्य एवं लघुवित्त संयोजक श्री प्रेम सापकोटा, लघुवित्त सदस्य तथा ऋण उप–समिति सदस्य श्री दुर्गा प्रसाद चालिसे, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाज्यूको विशेष उपस्थित रहेको थियो। कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी ज्यूले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा विभिन्न स्थानबाट संस्थामा सदस्य बन्न इच्छुक ३५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाले प्रदान गर्ने सेवा सुविधा आदि बारे छलफल भएको थियो ।
किसान केन्द्रिय कार्यलय अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न
किसान बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यलय अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
लघुवित्त उपसमितिका संयोजक श्री प्रेम सापकोटाज्यूको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा उपसमिति सदस्यहरु श्री डिलराम सापकोटाज्यू, दुर्गा प्रसाद चालिसेज्यूको उपस्थिती रहेको थियो।
पाँचवटा महिला समुहका ३३ जना पदाधिकारीको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो । तालिमको सहयोगीको भुमिका समूह परिचालक बिन्दु शर्मा र श्रीदेवी पंगेनीबाट भएको थियो।
देवज्योती सेवाकेन्द्र विशालटरमा लघुवित्त समुह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न
किसान बचत तथा ऋण सहकारी संस्था लि देवज्योती सेवा केन्द्र विशालटरमा लघुवित्त समुह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ । देवज्योती सेवा केन्द्रका संयोजक श्री खगराज कंडेल ज्युको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा ६ वटा महिला समुहका ३२ जान पदधिकारी, लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।
नेपालमै पहिलोपटक लघुवित्त महिला सम्मेलन सम्पन्न / महिला उद्यमीहरुको उत्साहजनक सहभागिता – समृद्धि खबर
[et_pb_section admin_label=”section”]
[et_pb_row admin_label=”row”]
[et_pb_column type=”4_4″]
[et_pb_text admin_label=”Text”]
समृद्धि खबर डेस्क, गैंडाकोट ।
गैंडाकोट नगरपालिकामा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको किसान लघुवित्तकार्यक्रमबाट नवलपुरका करिब एक हजार महिलाहरु उद्यमी बन्न सफल भएका छन् । स्थपानाकालदेखि नैसहकारीले आफ्ना महिला सेयर सदस्यहरुलाई सहज र शुलभ ढङगबाट वित्तीय पहुँच पु¥याई महिलासशक्तीकरण, नेतृत्व विकास र स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको किसान लघुवित्त कार्यक्रमबाटमहिलाहरुलाई समूह बचत, लघुकर्जा र विभिन्न सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई सानाउद्यमतर्फ आकर्षित गर्न सफल भएको छ ।
गैंडाकोटमा मुख्य कार्यालय रहेको साकोसले गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका रविनयीत्रिवेणी गाउँपालिकामा सेवा प्रदान गर्दै आइरहेको किसान बचत तथा ऋण सहकारी संस्थाललेमहिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नै गत वर्षबाट यो कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष श्रीहरिचालिसेले बताउनुभयो । लघुवित्त कार्यक्रममा अहिलेसम्म नवलपुरका करिब १६ हजार महिलाहरु सहभागीभएका छन् भने उनीहरु कुनै न कुनै लघु उद्यममासमेत लागेको अध्यक्ष चालिसेले बताउनुभयो । उनीहरुमध्यबाट १ हजार बढि महिलाहरु शनिबार भएको लघुवित्त सम्मेलनमा उपस्थित भएको संस्थाको दाबी छ ।अध्यक्ष चालिसेका अनुसार जिल्लाको मुख्य कार्यालय गैंडाकोट र विभिन्न स्थानीय तहका १४ वटासेवाकेन्द्रका महिला सेयर सदस्यहरुलाई समूह बनाई न्यूनतम् ब्याजदरमा लघुवित्त कर्जा प्रवाह गरेको छ । यस्तै विभिन्न सीपमूलक तालिम प्रदान गरेको छ ।
अहिले महिलाहरुको ६ सय ७८ वटा समूह छन् । जसमा न्यूनतम् २० देखि बढीमा ५० जना गरी करिब एकहजार महिला समूहमा बसेका छन् । उनीहरु सबैले घरमै उत्पादन गर्न सकिने खालका साना उद्यमहरुसञ्चालन गरी आफूहरु आत्मनिर्भर बन्न सफल भएको पनि अध्यक्ष चालिसेले दाबी गर्नुभयो । महिलाहरुलेउत्पादन गरेका लघु उद्यमका सामग्रीको बजारीकरण गर्ने उद्देश्यले सहकारीले शनिबार गंैडाकोटमाकिसान लघुवित्त महिला सम्मेलनको आयोजना गरेको थियो ।
सो सम्मेलनको राष्ट्रियसभाका सदस्य एवं सार्वजनिक सरोकार समितिका संयोजक दीलकुमारी रावललेउद्घाटन गर्र्दै मुलुकमा राजनैतिक परिवर्तन पछि नयाँ संविधान बनेसँंगै महिलाहरुका लागि धेरै अवसरकाढोका खुलेको बताउनुभयो । आगामी दिनमा महिलाहरु सशक्त भई अघि बढ्नुपर्ने धारणा राख्दै मुलुकमाठूला–ठूला राजनैतिक परिवर्तनले महिलाहरुका लागि महत्वपूर्ण अवसर आइरहेको भन्दै उहाँले मुलुककोविकासका निम्ति सहकारीको महत्वपूर्ण भूमिका रहेजस्तै महिलाहरुको भूमिकासमेत उत्तिकै महत्वपूर्णरहेको दाबी गर्नुभयो । राष्ट्रियसभाका सदस्य रावलले परिवार, समाज र राष्ट्रको समृद्धिका निम्ति महिला रपुरुषको साझेदारी र समानुपातिक सहभागिता आवश्यक रहनेमा जोड दिनुभयो । सो सम्मेलनमामहिलाहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।
महिलाहरुले उत्पादन गरेका झोल साबुन, कातेको बात्ती, क्रिस्टलका चुरा,पोते, कानको बाली , कुशन , ढाकाको ब्याग, चप्पल, सिलाइ – कटाइ , ग्यास्ट्रिकचूर्ण, घरमा सजाउने ऐना, ढकिया जस्ता हस्तकलाकासामग्रीका १५ वटा स्टल राखिएको थियो । स्टलहरुमा सामग्री किन्नेहरुको घुँईचो नै लागेको थियो । स्टलमाझोल साबुन बेच्न बसेकी मध्यविन्दु नगरपालिका ८ चोरमारा निवासी भविष्य निर्माण समूहकी मथुरादेवकोटाले समूहमा आबद्ध भएर सीपमूलक तालिक लिएपछि विगत पाँच महिनाबाट आफूले घरमै झोलसाबुन बनाउन सुरु गरेको बताउनुभयो ।
बजारबाट आवश्यक कच्चा पदार्थ ( केमिकल) ल्याएर घरमा फुर्सदको समयलाई सदुपयोग गर्दै झोल साबुनबनाउने गरेको बताउनुभयो उहाँले भन्नुभयो, ‘ पहिले घरधन्दा गरेर फुर्सदको समय कि टिभी हेरेर कि गफैगरेर बिताइन्थ्यो अहिले फुर्सदको समयमा गरेको सानो उद्यमले आम्दानी लिन थालेको छु ।’ उहाँले थप्नुभयो , ‘ म मात्रै नभई समूहका २० जना दिदीबहिनीहरुले पनि कसैले बत्ती कात्ने , कसैले चुरा पोते बनाउने गर्नुहुन्छ ।’ देवकोटाका अनुसार दैनिक पाँच लिटरसम्म उहाँले झोल साबुन उत्पादन गर्नुहुन्छ । महिनामा डेढ समयलिटर उत्पादन हुन्छ । बढीमा पाँच हजार रुपैयाँ लगानी लाग्ने र प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्दा पनि ७/८हजार रुपैयाँसम्म खुद नाफा हुने गरेको देवकोटाले बताउनुभयो ।
यस्तै गंैडाकोट १६ अमरापुरी निवासी विमला केसीले ग्यास्ट्रिकको चूर्ण , झोल साबुन दु्वै उत्पादन गर्दैआउनुभएको छ । सीपमूलक तालिम पनि पाइने र सहकारीबाट सहुलियत दरमा कर्जा पनि पाइने भएपछि‘शान्ति महिला समूह’ मा आबद्ध भएर काम गर्न थालेको बताउनुभयो । ‘घरधन्दा सकेपछि वल्लोघरपल्लोघर गरेर दिन जान्थ्यो , तर अहिले फुर्सद नै हुँदैन । ’ भन्दै अहिले उत्पादन सुरु गरेपछि आम्दानी पनिभएको छ । जसले आफूलाई निकै उत्साहित पनि बनाएको छ । हातमा पैसा परेपछि अझै बढी कमाउन पाएहुन्थ्यो भन्ने लाग्दो रहेछ भन्दै केसीले यतिबेला चूर्ण र साबुन बनाउनमै व्यस्त भएको बताउनुभयो । ४ -५हजार लगानी लगाएपछि महिनाभरिलाई उत्पादन गर्ने कच्चापदार्थ आउने भन्दै केसीले , चूर्णका लागि घरवरपरकै जडिबुटी पनि प्रयोग गरेको बताउनुभएको छ । सबै खर्च कटाएर ८-९ हजार रुपैयाँ आम्दानी हुनेपनि उहाले बताउनुभयो । यसरी किसान बचतले सुरु गरेको लघुवित्त कार्यक्रमअन्तर्गत यस्ता थुप्रै उद्यमहरुसञ्चालन भएकोमा सो सम्मेलनले थप उत्साह थपिएको सम्मेलनमा सहभागीहरुले बताएका छन् । किसानसाकोसका व्यवस्थापक नवीन सापकोटाले सहकारीमार्फत् सहुलियत दरमा महिलाहरुलाई लघुवित्तकार्यक्रम सञ्चालन गरेको देशकै पहिलो सहकारी किसान रहेको दाबी गर्नुभयो । देशमै पहिलोपटकसहकारीले यसरी लघुवित्त सम्मेलनको आयोजना गरेको समेत उहाँले बताउनुभयो ।
विशेष गरी महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि सम्मेलनको आयोजना गरिएकोसापकोटाले बताउनुभयो । सम्मेलनमा सहभागीहरुको उपस्थितिले उद्यमीहरुको उत्पादन किन्न प्रोत्साहनगर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको सापकोटाको भनाइ रहेको छ । यस्तै बजारीकरणका लागि नैसंस्थाको मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा छुट्टै्र कोठाको व्यवस्था गरी बिक्रीकेन्द्र स्थापना गर्ने योजनासंस्थाले बनाएको जानकारी दिनुभयो । संस्थामा कारोबार गर्न आउनेहरुले महिलाले उत्पादन गरेकासामग्रीहरु खरिद गर्नेछन् भन्ने विश्वास आफूहरुले लिएको उनको भनाइ रहेको छ । बिक्रीबाट आएको रकमसम्बन्धित उद्यमीको खातामा जम्मा हुने गरी व्यवस्थापन गर्न लागेको उहाँले बताउनुभयो ।
https://www.samriddhikhabar.com/2019/08/blog-post_694.html
[/et_pb_text]
[/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]