Skip to main content

नेपालमै पहिलोपटक लघुवित्त महिला सम्मेलन सम्पन्न / महिला उद्यमीहरुको उत्साहजनक सहभागिता – समृद्धि खबर

[et_pb_section admin_label=”section”]
[et_pb_row admin_label=”row”]
[et_pb_column type=”4_4″]
[et_pb_text admin_label=”Text”]
समृद्धि खबर डेस्क, गैंडाकोट ।

गैंडाकोट नगरपालिकामा  रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको किसान लघुवित्तकार्यक्रमबाट नवलपुरका करिब एक हजार महिलाहरु उद्यमी बन्न सफल भएका छन् । स्थपानाकालदेखि नैसहकारीले आफ्ना महिला सेयर सदस्यहरुलाई  सहज र शुलभ ढङगबाट वित्तीय पहुँच पु¥याई महिलासशक्तीकरण, नेतृत्व विकास र स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको किसान लघुवित्त कार्यक्रमबाटमहिलाहरुलाई समूह बचत, लघुकर्जा र विभिन्न सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई सानाउद्यमतर्फ आकर्षित गर्न सफल भएको छ ।

गैंडाकोटमा मुख्य कार्यालय रहेको साकोसले गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका रविनयीत्रिवेणी गाउँपालिकामा सेवा प्रदान गर्दै आइरहेको किसान बचत तथा ऋण सहकारी संस्थाललेमहिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नै गत वर्षबाट यो कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष श्रीहरिचालिसेले बताउनुभयो । लघुवित्त कार्यक्रममा अहिलेसम्म नवलपुरका करिब १६ हजार महिलाहरु सहभागीभएका छन्  भने उनीहरु कुनै न कुनै लघु उद्यममासमेत लागेको अध्यक्ष चालिसेले बताउनुभयो ।  उनीहरुमध्यबाट १ हजार बढि महिलाहरु शनिबार भएको लघुवित्त सम्मेलनमा उपस्थित भएको संस्थाको दाबी छ ।अध्यक्ष चालिसेका अनुसार जिल्लाको मुख्य कार्यालय गैंडाकोट र विभिन्न स्थानीय तहका १४ वटासेवाकेन्द्रका महिला सेयर सदस्यहरुलाई समूह बनाई न्यूनतम् ब्याजदरमा लघुवित्त कर्जा प्रवाह गरेको छ ।  यस्तै विभिन्न सीपमूलक तालिम प्रदान गरेको  छ ।

अहिले महिलाहरुको ६ सय ७८ वटा समूह छन् । जसमा न्यूनतम् २० देखि बढीमा ५० जना गरी करिब एकहजार महिला समूहमा बसेका छन् । उनीहरु सबैले घरमै उत्पादन गर्न सकिने खालका साना उद्यमहरुसञ्चालन गरी आफूहरु आत्मनिर्भर बन्न सफल भएको पनि अध्यक्ष चालिसेले दाबी गर्नुभयो । महिलाहरुलेउत्पादन गरेका लघु उद्यमका सामग्रीको बजारीकरण गर्ने उद्देश्यले सहकारीले शनिबार गंैडाकोटमाकिसान लघुवित्त महिला सम्मेलनको आयोजना गरेको थियो ।

सो सम्मेलनको राष्ट्रियसभाका सदस्य एवं सार्वजनिक सरोकार समितिका संयोजक दीलकुमारी रावललेउद्घाटन गर्र्दै मुलुकमा राजनैतिक परिवर्तन पछि नयाँ संविधान बनेसँंगै महिलाहरुका लागि धेरै अवसरकाढोका खुलेको बताउनुभयो ।  आगामी दिनमा महिलाहरु सशक्त भई अघि बढ्नुपर्ने धारणा राख्दै मुलुकमाठूला–ठूला राजनैतिक परिवर्तनले महिलाहरुका लागि महत्वपूर्ण अवसर आइरहेको भन्दै उहाँले मुलुककोविकासका निम्ति सहकारीको महत्वपूर्ण भूमिका रहेजस्तै महिलाहरुको भूमिकासमेत उत्तिकै महत्वपूर्णरहेको दाबी गर्नुभयो । राष्ट्रियसभाका सदस्य रावलले परिवार, समाज र राष्ट्रको समृद्धिका निम्ति महिला रपुरुषको साझेदारी र समानुपातिक सहभागिता आवश्यक रहनेमा जोड दिनुभयो । सो सम्मेलनमामहिलाहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

महिलाहरुले उत्पादन गरेका झोल साबुन, कातेको बात्ती, क्रिस्टलका चुरा,पोते,  कानको बाली , कुशन , ढाकाको ब्याग, चप्पल, सिलाइ – कटाइ , ग्यास्ट्रिकचूर्ण, घरमा सजाउने ऐना, ढकिया जस्ता हस्तकलाकासामग्रीका १५ वटा स्टल राखिएको थियो । स्टलहरुमा सामग्री किन्नेहरुको घुँईचो नै लागेको थियो । स्टलमाझोल साबुन बेच्न बसेकी मध्यविन्दु नगरपालिका ८ चोरमारा निवासी भविष्य निर्माण समूहकी मथुरादेवकोटाले  समूहमा आबद्ध भएर सीपमूलक तालिक लिएपछि विगत पाँच महिनाबाट आफूले घरमै झोलसाबुन बनाउन सुरु गरेको बताउनुभयो ।

बजारबाट आवश्यक कच्चा पदार्थ ( केमिकल) ल्याएर घरमा फुर्सदको समयलाई सदुपयोग गर्दै झोल साबुनबनाउने गरेको बताउनुभयो  उहाँले भन्नुभयो, ‘ पहिले घरधन्दा गरेर फुर्सदको समय कि टिभी हेरेर कि गफैगरेर बिताइन्थ्यो अहिले फुर्सदको समयमा गरेको सानो उद्यमले आम्दानी लिन थालेको छु  ।’ उहाँले थप्नुभयो , ‘ म मात्रै नभई समूहका २० जना दिदीबहिनीहरुले पनि कसैले बत्ती कात्ने , कसैले चुरा पोते बनाउने गर्नुहुन्छ ।’  देवकोटाका अनुसार दैनिक पाँच लिटरसम्म उहाँले झोल साबुन उत्पादन गर्नुहुन्छ । महिनामा डेढ समयलिटर उत्पादन हुन्छ । बढीमा पाँच हजार रुपैयाँ लगानी लाग्ने र  प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्दा पनि  ७/८हजार रुपैयाँसम्म खुद नाफा हुने गरेको देवकोटाले बताउनुभयो ।

यस्तै गंैडाकोट १६ अमरापुरी निवासी विमला केसीले ग्यास्ट्रिकको चूर्ण , झोल साबुन दु्वै उत्पादन गर्दैआउनुभएको छ । सीपमूलक तालिम पनि  पाइने र सहकारीबाट सहुलियत दरमा कर्जा पनि पाइने भएपछि‘शान्ति महिला समूह’ मा आबद्ध भएर काम गर्न थालेको बताउनुभयो ।   ‘घरधन्दा  सकेपछि वल्लोघरपल्लोघर गरेर दिन जान्थ्यो , तर अहिले फुर्सद नै हुँदैन । ’ भन्दै अहिले उत्पादन सुरु गरेपछि आम्दानी पनिभएको छ । जसले आफूलाई निकै उत्साहित पनि बनाएको छ । हातमा पैसा परेपछि अझै बढी कमाउन पाएहुन्थ्यो भन्ने  लाग्दो रहेछ  भन्दै केसीले यतिबेला चूर्ण र साबुन बनाउनमै व्यस्त भएको बताउनुभयो ।   ४ -५हजार लगानी लगाएपछि महिनाभरिलाई उत्पादन गर्ने कच्चापदार्थ आउने भन्दै केसीले  , चूर्णका लागि घरवरपरकै जडिबुटी पनि प्रयोग गरेको बताउनुभएको छ । सबै खर्च कटाएर  ८-९ हजार रुपैयाँ आम्दानी हुनेपनि उहाले बताउनुभयो । यसरी किसान बचतले सुरु गरेको लघुवित्त कार्यक्रमअन्तर्गत यस्ता थुप्रै उद्यमहरुसञ्चालन भएकोमा सो सम्मेलनले थप उत्साह थपिएको सम्मेलनमा सहभागीहरुले बताएका छन् । किसानसाकोसका व्यवस्थापक नवीन सापकोटाले सहकारीमार्फत् सहुलियत दरमा महिलाहरुलाई लघुवित्तकार्यक्रम सञ्चालन गरेको देशकै पहिलो सहकारी किसान रहेको दाबी गर्नुभयो ।  देशमै पहिलोपटकसहकारीले यसरी लघुवित्त सम्मेलनको आयोजना गरेको समेत उहाँले बताउनुभयो ।

विशेष गरी महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि सम्मेलनको आयोजना गरिएकोसापकोटाले बताउनुभयो । सम्मेलनमा सहभागीहरुको उपस्थितिले उद्यमीहरुको उत्पादन किन्न प्रोत्साहनगर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको सापकोटाको भनाइ रहेको छ । यस्तै बजारीकरणका लागि नैसंस्थाको मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा छुट्टै्र कोठाको व्यवस्था गरी बिक्रीकेन्द्र स्थापना गर्ने योजनासंस्थाले बनाएको जानकारी दिनुभयो । संस्थामा  कारोबार गर्न आउनेहरुले  महिलाले उत्पादन गरेकासामग्रीहरु खरिद गर्नेछन् भन्ने विश्वास आफूहरुले लिएको उनको भनाइ रहेको छ । बिक्रीबाट आएको रकमसम्बन्धित उद्यमीको खातामा जम्मा हुने गरी व्यवस्थापन गर्न लागेको उहाँले बताउनुभयो ।

https://www.samriddhikhabar.com/2019/08/blog-post_694.html
[/et_pb_text]
[/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]