Skip to main content

गैँडाकोट वडा नं. ८ का महिला समूहहरूको लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

किसान साकोस केन्द्र अन्तर्गतका गैँडाकोट वडा नं.८का ५ वटा महिला समूहका ५४ जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम तथा नीति नियम सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।

किसान केन्द्रको सभाहलमा सञ्चालित कार्यक्रममा अध्यक्ष श्रीहरी चालिसे, संञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाद्वारा तालिम प्रदान एवं छलफल सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीहरी चालिसेज्यूबाट भएको थियो।

https://www.facebook.com/pg/kisansaccos/photos/?tab=album&album_id=1396911977151791

३० भाद्र २०७६
गैँडाकोट