Skip to main content

संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम भविष्य निमार्ण सेवाकेन्द्रमा सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि. को भविष्य निमार्ण सेवा केन्द्रमा सेवाकेन्द्र संयोजक श्री धनञ्जय शर्माज्यूको अध्यक्षतामा संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम चोरमारा बजार विकास समितिको हलमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसे, सञ्चालक सदस्य एवं लघुवित्त संयोजक श्री प्रेम सापकोटा, लघुवित्त सदस्य तथा ऋण उप–समिति सदस्य श्री दुर्गा प्रसाद चालिसे, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाज्यूको विशेष उपस्थित रहेको थियो। कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी ज्यूले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा विभिन्न स्थानबाट संस्थामा सदस्य बन्न इच्छुक ३५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाले प्रदान गर्ने सेवा सुविधा आदि बारे छलफल भएको थियो ।