Skip to main content

गैँडाकोट वडा नं. ४ का महिला समूहहरूको लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

किसान साकोस केन्द्र अन्तर्गतका गैँडाकोट वडा नं.४ का ६ वटा महिला समूहका ५३ जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम तथा नीति नियम सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।

संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञावली, संञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक श्री तिलक पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, महिला जागरण उपसमितिका सदस्य शकुन्तला घिमिरे, सूचना तथा सञ्चार उपसमितिका सदस्य राजन खरालको उपस्थीति रहेको थियो।

लघुवित्त प्रमुख प्रेम अधिकारीले सञ्चालन गर्नु भएको उक्त तालिमको सहजिकरण संस्थाका श्रीहरि चालिसे, तिलक प्रसाद पराजुली र नवराज सापकोटाले गर्नु भएको थियो।

https://www.facebook.com/pg/kisansaccos/photos/?tab=album&album_id=1397631913746464

३१ भाद्र २०७६ – किसान साकोस केन्द्र गैँडाकोट