
किसान बचत तथा ऋण सहकारी संस्था लि देवज्योती सेवा केन्द्र विशालटरमा लघुवित्त समुह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ । देवज्योती सेवा केन्द्रका संयोजक श्री खगराज कंडेल ज्युको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा ६ वटा महिला समुहका ३२ जान पदधिकारी, लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।