Skip to main content

श्री जनता निमाविमा मध्यबिन्दु १०का अभिभावक शिक्षक र विद्यार्थीहरुलाई वित्तय साक्षारता कार्यक्रम सम्पन्न

०५ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. आरुणखोला सेवाकेन्द्र अन्तर्गत मध्यबिन्दु १० को श्री जनता निम्न माध्यमिक विद्यालयमा उपस्थित अभिभावक शिक्षक र विद्यार्थीहरुलाई वित्तय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रा.अ. नवीन गुरुङ्ग ज्यूले गर्नु भएको सो कार्यक्रममा ६५ जना विद्यार्थी, ५० जना अभिभावक तथा ११ जना शिक्षकको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको संचालन सेवा केन्द्र इन्चार्ज यानी सरा गाहाले गर्नु भएको थियो र कार्यक्रमको सहजीकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।