गैंडाकोट ।  देवचुली नगरपालिका वडा नंं. १६ रजहरकी शर्मिला घिमिरे बराल सहकारीको उत्प्रेरणाबाट अहिले सफल उद्यमी बनेकी छिन् । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हौसला, उत्प्रेरणा र सहयोगले अहिले उनी सफल व्यवसायीसँगै सफल उद्यमी पनि बनेकी हुन् ।
सहकारीकै कारण उनले अहिले सफलतापूर्वक टेलरि∙ पेसा गरी अरुलाई रोजगारी दिन पनि सफल भएकी छिन् । १२ वर्ष अगाडि अर्थात् वि.संं. २०६३ सालमा एसएलसी परीक्षा दिएपछि फुर्सदको समय सदुपयोग गर्न १–महिना सिलाइकटाइ तालिम लिएकी शर्मिलाको अहिले त्यही पेसा गरिखाने माध्यम बनेको छ । विगतमा लगानी गर्ने स्रोतको कमीका हुँदा व्यवसायिक रुपमा सफलता हासिल गर्न नसकेकी उनको व्यवसायमा किसान सहकारीको अभिभावकत्वले नयाँ मोड ल्याएको हो । उनी सम्झिन्छन् , ‘‘किसान त मेरो भरोसा, मेरो पिता बनेर आयो, अब किसानसँंगै सहकार्य गरी व्यवसाय गर्ने योजना छ ।’’ शर्मिलाले२ वर्ष अगाडि किसानबाट ऋण लिई पसलमा लगानी पनि गरिन् । पूर्वी नवलपुरको डन्डा बजारमा शिक्षा दीक्षा लिएकी शर्मिलाको ०६८ सालतिर रजहरमा विवाह भयो । विवाह भएपछि सुरुवातका दिनमा घरैबाट सामान्य लुगाफाटा सिलाउन थालेकी थिइन् । त्यसपछि ५ वर्ष अघिमात्र घर नजिकै कोठा भाडामा लिई व्यवसाय सुरु गरिन् ।
तर साधन, स्रोत र पर्याप्त व्यवसायिक योजनाको अभावमा सुरुका दिनमा उनको व्यवसायले खासै गति लिन सकेको थिएन ।  जब स्थानीय क्षेत्रमा रहेको किसान सहकारीका कर्मचारीसँग सङ्गत बढ्यो, तब उनले साधन, स्रोत र व्यवसायिक योजनासहित अघि बढ्दै गइन् । ४–वर्ष भयो, किसानसँग साथी भएको उनी सम्झिन्छिन् । यत्ति छोटो अवधिमा धेरै सफलता पाएको उनको स्वीकारोक्ति छ । सहकारीबाट व्यवसायिक ज्ञान, सीप, साधन, स्रोत पाएपछि उनको जीवनमा चमत्कार नै भएको छ । किसान सहकारीबाट ऋण लिई बृहत ढङ्गबाट व्यवसाय गरेपछि चमत्कार नै भएको, उनी बताउँछिन् ।
रजहर बजारबाट करिब १५० मिटर दक्षिणतर्फ अहिले उनको रोज लेडिज टेलरि∙  छ । जहाँबाट दैनिक रुपमा १०–१५ हजारसम्म  कारोबार हुने उनी बताउँछिन् । सामान्य दिनमासमेत ३–४ हजार रुपैयाँं कारोबार हुने गरेको उनको अनुभव छ । विशेष गरी महिलाहरुका कुर्ता–सुरवाल, ब्लाउज, बुटिक, गाउनलगायत सबै खाले डिजाइनका लेडिज लुगाहरु सिलाउनुका साथै उनले अहिले पसलबाटै थान कपडासमेत बिक्री गर्दै आएकी छिन् । यसबाट आर्जन भएको पैसा उनले दैनिक बचत गर्ने गर्छिन् ।
बिहान सबेरै घरधन्दा सकेर पसल आउनु उनको दैनिकी बनेको छ । उनी राती अबेरसम्म पनि पसलमै बिताउँछिन् । सिजनका बेला त राती बाह्, एक बजेसम्म पनि काम गर्ने गरेको उनको अनुभव छ ।  उनी भन्छिन् , ‘टेलरि∙ले मलाई आनन्द दिन्छ, यहाँ समय गएको पत्तै हुँदैन् ।’  त्यसो त, कहिलेकाहीँ उनलाई भोक अनि प्यासको पनि उनलाई पत्तै हुँदैन् । उनलाई सघाउने २ जना कर्मचारी पनि छन् । अझ सिजनका बेला त श्रीमान्ले पनि पूर्ण साथ दिने गर्दछन् । उनको परिश्रम र लगनशीलताका कारण उनका श्रीमान् र परिवारमात्रै होइन त्यहाँको समुदायले पनि उनको प्रशंसा गर्नेे गरेका छन् ।
उनको यही व्यवसाय नै उनको परिवारको मुख्य आयश्रोतको माध्यम पनि बनेको छ । यही व्यवसाय गरेपछि अहिले उनले पक्की घरसमेत बनाएकी छिन् ।  व्यवसायबाट दैनिक परिवारको गर्जो टार्नेदेखि छोरालाई  राम्रो शिक्षा–दीक्षा पनि दिएकी छिन् । व्यवसायमा सफल भएपछि अझ बजार जानका लागि अहिले एक स्कुटर पनि  खरिद गरेकी छिन्। व्यवस्थितरुपमा व्यवसाय गर्दै जाँदा, आर्थिक उन्नति हासिल भई, उनको जीवनस्तर त बढेको छ नै सँगसँगै उनको आर्थिक,  सामाजिक प्रतिष्ठासमेत बढ्दै गएको छ । गाउँको सामान्य महिला संघर्ष र सहकारीको प्रेरणाबाट आज एक सफल उद्यमी बनेकी छिन् । उनको व्यवसाय आज रजहरको एक सफल उद्यमकारुपमा परिचित बन्दै गएको छ ।
 ५ वर्षदेखि व्यवसायमा लागेको भएपनि किसान सहकारीबाट ऋण लिएर बृहत् ढङ्गबाट व्यवसाय गरेपछि चमत्कार हुन थालेको उनको भनाई रहेको छ । सुरुका दिनमा घरमै बसेर सिलाइकटाइ गर्न थालेकी उनले ५ वर्षदेखि रजहरमा पसल गर्न थालिकी हुन् । तर साधन, स्रोत र पर्याप्त व्यवसायिक योजनाको अभावमा सुरुका दिनमा उनको व्यवसायले खासै गति लिन सकेको थिएन । जब स्थानीय क्षेत्रमा रहेको किसान सहकारीका कर्मचारीसँग सङ्गत बढ्यो , उनले साधन,स्रोत र व्यवसायिक योजना सहित अघि बढ्दै गएको बताएकी छिन् । ‘४ वर्ष भयो, किसानसँग साथी भएको’ , उनी सम्झिन्छिन् । यत्ति छोटो अवधिमा धेरै सफलता पाउँदा किसानसँगै आफ्नी आमालाई स्मरण गर्ने गर्दछिन् । आमाले आफूलाई कक्षा १० को परीक्षा पछि सिलाइकटाइ तालिममा पठाएको त्यो पल उनले कहिल्यै पनि बिर्सिन सक्दिन भन्छिन् उनी ।
सानो लगानीमा मनग्य आम्दानी हुने भएपछि उनलाई यो पेसा अत्यन्तै मन पर्ने गरेको प्रतिक्रिया दिन्छिन् । विशेष गरी धेरै दौडधुप गर्न नपर्ने, ठूलो श्रम गर्न पनि नपर्ने भएकाले उनले यो पेसा रोजेको उनले बताउँछिन् ।  तर पनि ग्राहक हरुका रोजाई अत्यन्तै फरक हुँदा नयाँ नयाँ डिजाइन निकाल्न उनलाई भ्याई–नभ्याई हुने गरेको छ ।उनीकहाँ ग्राहकहरु परम्परागत पोसाक सिलाउनेदेखि विवाह, ब्रतबन्धसँगै हिन्दी र अङ्ग्रेजी सिरियलका मोडलको डिजाईनहरु लिएर आउने गर्दछन् । उनको गुणस्तरीय सेवाका कारणले उनी ग्राहकको रोजाईमा पर्दै आएकी छिन् ।
किसानले आफूलाई पैसासँगै प्रविधिको ज्ञान पनि दिएको र अन्य ज्ञान गुगल र युट्युबले दिएका कारण पनि आफू सफल भएको बताउँन पछि परिनन् । त्यतिमात्रै होइन, जानेको ज्ञान र सीपलाई साना बहिनीहरुलाई हस्तान्तरणमा गर्नु उनको स्वभाव नै बनेको छ ।
उनले सामान्य आय आर्जन गर्न विदेश जाने महिलाहरुलाई स्वदेशमै सङ्घर्ष गरेर मनग्य आम्दानी गर्न सकिने सल्लाह पनि दिने गरेकी छिन् । उनी भन्छिन्, ‘गरे के हुँदैन् र ? स्वदेश मै सङ्घर्ष गरेर यहीँ सुन फलाउने धोको छ’ । भविष्यमा उनले यही पसललाई अझ बिस्तार गरी थप व्यवस्थित पार्ने योजना राखेकी छिन् ।उनले किसान साकोसले आगामी दिनमा आवश्यकता अनुसार ऋण प्रवाह गर्ने कुरामा ढुक्क रहेको र नयाँ ज्ञान पनि सिक्न पाएमा किसानको उत्कृष्ट सेयर सदस्य बन्ने आशाा पनि व्यक्त गरेकी छिन् ।  उनको योजनाहरु पूरा होऊन्,  सबै दिदीबहिनीले उनको सङ्घर्षबाट केही सिक्ने कि ?
– पूर्णप्रसाद खराल राजन