Skip to main content

किसान साकोसको लघुवित्त कार्यक्रमको अर्ध वार्षिक समिक्षा बैठक २०७८ सम्पन्न

यस किसान वचत तथा ऋण सहकारी संस्था लिको लघुवित्त कार्यक्रम अन्तर्गतका समूह परिचालकहरुको अर्ध वार्षिक समिक्षा कार्यक्रम २०७८ सम्पन्न भएको छ।

पश्चिम क्षेत्र अन्तर्गत २७ पौष २०७८का दिन किसान साकोस पश्चिम क्षेत्रीय कार्यलय कावासोतीको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता क्षेत्रीय प्रबन्धक जिवलाल तिवारीले गर्नु भएको थियो भने पूर्व क्षेत्र अन्तर्गत २८ पौष २०७८का दिन किसान साकोस केन्द्रीय कार्यलय गैंडाकोटको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता क्षेत्रीय प्रबन्धक माधव बनले गर्नु भएको थियो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं लघुवित्त उपसमिति संयोजक प्रेम सापकोटा, हिमचुली सेवाकेन्द्र संयोजक एवं लघुवित्त उपसमिति सदस्य जयलाल पराजुली, संस्थाका का मु प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलको विशेष उपस्थिती रहेको थियो।

समिक्षा बैठकको सहजिकरण विभागीय प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो भने प्राविधिक ज्ञानको अभिमुखीकरण आईटी प्रमुख सागर क्षेत्रीले गर्नु भएको थियो।

बैठकमा उठेका सबालहरुको सम्बोधन कोषाध्यक्ष एवं लघुवित्त संयोजक प्रेम सापकोटा र प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलले गर्नु भएको सो कार्यक्रमको सञ्चालन लघुवित्त सुपरभाईजर तेजेन्द्र रानाले गर्नु भएको थियो।

View post on imgur.com

समूह व्यवस्थापन अभिमुखिकरण तालिम भरतपुरमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समृद्धी भरतपुर सेवा केन्द्रमा २०७७ चैत्र २७ गते सेवाकेन्द्र व्यवस्थापन उपसमिति सहसंयोजक एवं लघुवित्त उपसमिति संयोजक श्री अम्बिका सुबेदिज्यूको सभापतित्वमा लघुवित्त समुहका पदाधिकारीहरुलाई समूह व्यबस्थापन अभिमुखिकरण तालिम भरतपुर ११ पोखरी चोक स्थीत सामुदायिक भबनको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सेवाकेन्द्र व्यबस्थापन उपसमिती सदस्य श्री भरत प्रसाद अधिकरी, श्री गौरी लामिछाने, श्री अनिता तिमिल्सिना तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजीकरण लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

दिवंगत सदस्यको ऋण मिनाह एवं महिला समूहबाट राहत वितरण कार्यक्रम सम्पन्न

यस किसान साकोसका शेयर सदस्य गै‌ंडाकोट-७, निवासी ईन्दिरा घर्तीको यही मिति २०७७ श्रावण १७ गते ४२ बर्षको उमेरमा असामहिक स्वर्गारोहण भएको हुँदा संस्थाले शोक सभा कार्यक्रम गरी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण साथै शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसे, संस्थाका सिईओ. श्री नवराज सापकोटा, विजयनगर सेवाकेन्द्रका संयोजक श्री नरबहादुर थापा, विजयनगर सेवाकेन्द्रका लघुवित्त उपसमिति संयोजक श्री डिला शर्मा, संस्थाका लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारी लगायत कर्मचारीहरूको उपस्थिति थियो।
संस्थाका लघुवित्त प्रमुख श्री प्रेम अधिकारीको कार्यक्रम सहजीकरणमा अध्यक्ष श्री श्रीहरि चालिसेद्वारा शोक मन्तव्य सहित सदस्यले लिएको ऋण मिनाहको जानकारी गराउँदै परिवारजनलाई समवेदना पत्र प्रदान गर्नु भएको थियो ।
साथै ज्ञानज्योति महिला समूहको तर्फबाट पनि सम्बेदना एवं राहत रकम परिवारजनलाई हस्ताण्तरण गरिको थियो।
– २०७७/०४/२५

कावासोतीमा महिलाहरुलाई वित्तिय साक्षरता तालिम सम्पन्न

FinancialLiteracyTrainingKawasoti7Feb2020

किसान बचत तथा ऋण सहकारी संस्था लि., कावासोती सेवाकेन्द्रको आयोजनामा वित्तिय साक्षरता तालिम एवं नीति तथा नियमको बारेमा छलफल कार्यक्रम होटल द फुलमुनको सभा हलमा सम्पन्न भएको छ ।

८२ जना सहभागी रहेको कार्यक्रम कावासोती सेवाकेन्द्र संयोजक ‌‌श्री देवी घिमिरेको अध्यक्षता र संस्थाका पूर्व अध्यक्ष तथा शिक्षा समिति संयोजक श्री तिलक पराजुली र लघुवित्त प्रमुख श्री प्रेम अधिकारको सहजीकरणमा संचालन भएको थियो ।

उक्त कार्यक्रममा सेवाकेन्द्र संयोजकज्यूले वित्तिय साक्षरता तालिमले महिलाहरुलाई वित्तीय व्यवस्थापनमा सहयोग पुर्याउने बताउनुभयो साथै सहभागीहरुले उक्त कार्यक्रम निकै जीवनोपयोगी रहेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो ।

साथै उक्त तालिममा संचालक सदस्य श्री पशुपति पाेखरेल, व्यवसाय प्रवर्धन उपसमिति सदस्य श्री दिपक चन्द्र भट्टराई, कावासोती सेवाकेन्द्र उपसमिति सदस्य श्री शुभ राना र श्री कृष्ण कुमारी पाण्डेको विषेश उपस्थिती रहेको थियो।

२४ माघ २०७६, कावासोती

समृद्धि भरतपुर सेवाकेन्द्रद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, समृद्धि भरतपुर सेवा केन्द्र अन्तर्गत एक दिने संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तरकृया कार्यक्रम पोखरीचोकको सभाहलमा ९० जना स्थानीयको सहभागितामा सम्पन्न भयो।

सेवा केन्द्र सह-संयोजक श्री अम्बिका सुवेदीज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष उपस्थिती संस्थाका कोषाध्यक्ष श्री प्रेम सापकोटा, पुर्व अध्यक्ष तथा ऋण संयोजक श्री गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष तथा सञ्चालक सदस्य श्री तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा लगाएत लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी, संस्थाको व्यवस्थापन समिति श्री भरत अधिकारी, श्री गोमा गौतम, सल्लाहकार श्री टिकाराम देवकोटा, सेवा केन्द्र ईन्चार्ज श्री सुबास गौतम लगाएत कर्मचारीहरु सतिस शर्मा, शुभद्रा तिवारीको उपस्थितीमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले हाम्रो समुदायमा महिलाको भुमिका प्रमुख रहेको र यस संस्थाले मेघा प्रोजेक्टको रुपमा लिएको लघुवित्त कार्यक्रममा महिलाहरुलाई सहभागी हुन अनुरोध गर्नु भएको थियो।

कोषाध्यक्ष श्री प्रेम सापकोटाले “एकिकरण भएपछि संस्थाको उत्कृष्ट सेवा सुविधाहरु लिन अनुरोध गर्दै, स्वास्थ्य छुट कार्डको सुविधा पनि प्रयोग गर्न अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यूले कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नुभएको थियो भने लघुवित्त प्रमुख श्री प्रेम अधिकारीज्यूले सहजीकरण गर्नु भएको थियो।

भरतपुरमा संस्थागत परिचय एवं अन्तरकृया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, समृद्धि भरतपुर सेवा केन्द्र अन्तर्गत एक दिने संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तरकृया कार्यक्रम भरतपुर-११, पोखरीचोकको सभाहलमा ११४ जना स्थानीयको सहभागितामा सम्पन्न भयो।

सेवा केन्द्र सह-संयोजक श्री अम्बिका सुवेदीज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष उपस्थिती संस्थाका उपाध्यक्ष श्री भोजराज पौडेल, कोषाध्यक्ष श्री प्रेम सापकोटा, सहसचिव सरस्वती कडेल, ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतम, हिमचुली सेवा केन्द्र संयोजक जयलाल पराजुली, लेखा तथा सुपरिवेक्षण सदस्य श्री विष्णु प्रसाद सापकोटा, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा लगाएत लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारी, सेवा केन्द्र व्यवस्थापन समिति श्री प्रेम प्रसाद काफ्ले, श्री गौरी शर्मा, श्री अनिता तिमिल्सिना, श्री हरि कुमार कार्की, श्री गोमा देवि, सेवा केन्द्र ईन्चार्ज श्री सुबास गौतम लगाएत कर्मचारीहरु सतिस शर्मा, शुभद्रा तिवारीको उपस्थितीमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले संस्थामा आब्द्ध भएर नियमित बचत गर्ने बानी बसाल्न आग्रह गर्नु भयो। ऋणको लागि केन्द्रिय कार्यलयमा गईराख्नु नपर्ने र सदस्यता डुप्लिकेशनको समस्य सदस्यलाई नहुने बताउनु भयो।

कोषाध्यक्ष श्री प्रेम सापकोटाले संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सकृय सहभागी भएर आफ्नो जिवन स्तरलाई उच्च बनाउन यस संस्थाले लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको बताउनु भयो। साथ-साथै संस्थाले सञ्चालनमा ल्याएको सदस्य सहुलियत कार्डलाई पनि सदुपयोग गरि सुबिधा लिनुहुन अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यूले कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नुभएको थियो भने लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो।
शेयर सदस्य बालकुमारी बरालज्यूले संस्थाको स्थापन नवलपुरमा भएको र यस भरतपुर महानगरपालिकाको यस क्षेत्रमा आँऊदा कस्तो हो र के हो भन्ने कुरा लागि रहेको थियो तर अन्ततः किसान साकोस अरु भन्दा फरक र सदस्य हितको निम्ती आएको बताउनु भएको थियो।

मितिः २०७६ पौष २०

शोकसभा तथा ऋण मिनाह कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.ले मध्यबिन्दु -१०, टादी निवासी संस्थाको शेयर सदस्य एंव पुर्णीमा महिला समुहको सदस्य लक्ष्मी सुब्बा मिति २०७६ मङ्सिर २९गतेका दिन असामयिक निधन भएको हुँदा आज ९औं दिनको पुन्य तिथीमा शोकसभा कार्यक्रम आयोजना गरी शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै एवं दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरि ऋण मिनाह गरेको छ ।

अरुङ्गखोला सेवाकेन्द्रका संयोजक श्री अर्जुन खनालज्यूद्वारा स्व. लक्ष्मी सुब्बाको नाममा रहेको रु.१५०७३७.०० (अक्षरुपी एक लाख पचास हजार सात सय सैतिस रुपैयाँ) ऋण मिनाहा घोषणा गर्दै शोक मन्तव्य सहित परिवारजनलाई समवेदना पत्र प्रदान गर्नु भएको थियो। शोक सभामा केन्द्रिय कार्यलय गैंडाकोटबाट पाल्नु भएका संचालक समितीका कोषाध्यक्ष प्रेम सापकोटाज्यू ,बरिष्ठ अधिकृत गणेश प्रसाद पौडेलज्यू, लेखा प्रमुख माधव बनज्यू, सेवा केन्द्र संचालक समिती सदस्यज्यूहरु, सेवाकेन्द्र लघुवित्त उपसमिति सदस्यज्यूहरु, शेयर सदस्यहरु, इष्टमित्रहरु, छरछिमेकीहरु, शुभेच्छुकहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो।

संस्थाले उक्त लघुवित्त समुहको ऋणीहरुको ऋण सुरक्षणको लागि चिन्ता निवारण कोष खडा गरी ऋणीको मृत्यु पश्चाप बाँकी ऋण स्वतः मिनाह हुने व्यवस्था भएको जानकारी संचालक समितीका कोषाध्यक्ष श्री प्रेम सापकोटाज्यूले परिवारजन प्रति समवेदन एवं  हार्दिक श्रद्धान्जली प्रकट गर्दै कार्यक्रममा जानकारी गराउनु भएको थियो।

 

विजयनगर गैँडाकोटमा महिला समूह व्यवस्थापन तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. केन्द्र अन्तर्गत महिला समूहका सदस्यहरुलाई संस्थाको विजयनगरको सभाहलमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम तथा लघुवित्त सम्बन्धी नितिगत छलफल कार्यक्रम, लघुवित्त उपसमितिका संयोजक श्री प्रेम सापकोटा ज्यूको अध्यक्षता तथा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसे ज्यूको विषेश उपस्थिती, लघुवित्त उपसमितिका सदस्य श्री दुर्गा प्रसाद चालिसेको उपस्थितीमा ५ वटा महिला समूहका २७ जना सेयर सदस्यहरुको सहभागितामा सम्पन्न भयो । उक्त कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो ।
२८ कार्तिक २०७६ विजयनगर

कावासोतीमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम

किसान बचत तथा ऋण सहकारी संस्था लि. कावासोती सेवा केन्द्र अन्तर्गत महिला समूहका सदस्यहरुलाई होटल द फुलमुन, कावासोती-३ सभाहलमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम तथा लघुवित्त सम्बन्धी नितिगत छलफल कार्यक्रम, लघुवित्त व्यवस्थापन उपसमिति सम्योजक श्री हिमा गौतम ज्यूको अध्यक्षता तथा सेवाकेन्द्र सम्योजक श्री पुर्ण प्रसाद न्युरे ज्यु को विशेष उपस्थिती सहित ४२ जना महिला शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सेवा केन्द्र ईन्चार्ज डिलराम न्यौपाने ले गर्नुभएको थियो।

२६ कार्तिक २०७६ कावासोती सेवा केन्द्र

मध्यविन्दुका महिलाहरुलाई समुह व्यवस्थापन अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. भविष्य निमार्ण सेवा केन्द्र अन्तर्गत महिला समूहका सदस्यहरुलाई ज्ञानज्योति आधारभूत विद्यालय मध्यविन्दु-७ रानिटार सभाहलमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम तथा लघुवित्त सम्बन्धी नितिगत छलफल कार्यक्रम, लघुवित्त व्यवस्थापन उपसमिति सदस्य श्री अस्मिता पाण्डे ज्यूको अध्यक्षता तथा समिति सदस्य श्री थम्म लाल पोखरलको विशेष उपस्थिती सहित २५ जना महिला शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो ।

२० कार्तिक २०७६ भविष्य निर्माण सेवा केन्द्र