Skip to main content

पिठौली तथा विष्णुनगर सेवाकेन्द्र व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो नयाँ सेवाकेन्द्रहरु पिठौली र विष्णुनगरका व्यवस्थापन उपसमिति सदस्यहरुको अभिमुखिकरण कार्यक्रम १२ माघ २०७८ मा पश्चिम क्षेत्रिय कार्यालय सभाहल, कावासोतीमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीहरि चालिसेले गर्नु भएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नुभएको थियो।

कार्यक्रममा संस्थागत परिचय अध्यक्ष श्रीहरि चालिसेले दिनु भएको थियो भने ऋण उपसमिति संयोजक तथा पूर्व अध्यक्ष गोपाल प्रसाद गौतमले ऋण व्यवस्थापन विषयमा अभिमुखिकरण दिनु भएको थियो। संस्थाका का.मु.प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलले व्यवस्थापन विषयगत प्रस्तुती दिनु भएको थियो।

कार्यक्रममा पिठौली सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक श्याम नारायण महतो एवं समिति सदस्यहरु तथा विष्णुनगर सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक तबारक अहमद मिँया एवं समिति सदस्यहरु, क्षेत्रिय प्रबन्धकहरु, विभागिय प्रमुखहरु लगाएत सेवाकेन्द्र ईन्चार्जको उपस्थिती रहेको थियो।

पिठौली र विष्णुनगर सेवाकेन्द्र व्यवस्थापन अभिमुखिकरण 78