Skip to main content

कार्यालय बन्द रहने सूचना

किसान बचत तथा ऋण सहकारी संस्था लि.का सचिव अनिल सापकोटाज्यूको १ फागुन २०७८मा असामहिक निधन भएकोमा संस्था परिवार अत्यन्तै मर्माहत एवं स्तब्ध भएको छ। यस दु:खका घङीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ। उहाँको आत्माको चिरशान्ति एवं वैकुण्ठबासको कामना गर्दै २ फाल्गुन २०७८ गते सोम्बार संस्थामा शोक विदा गरिएको र सबै कार्यलयहरुका सेवा बन्द रहने सम्पूर्ण शेयर सदस्यहरुमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौ।

यसबाट पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ।

अध्यक्ष

श्रीहरि चलिसे

किसान साकोसको पश्चिम क्षेत्र स्तरिय बजार प्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रमको २०७८ सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बजार प्रतिनिधीहरुको क्षमता अभिवृदि कार्यक्रम क्षेत्रिय कार्यालय कावासोतीको सभाहलमा सम्पन्न भएको छ l संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन तथा सहजिकरण संस्थाका वरिष्ठ अधिकृत श्री जीवलाल तिवारीले गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलले बजार प्रतिनिधि कर्मचारीहरुलाई क्षमता अभिवृद्धि विषयगत उत्प्रेरणायुक्त सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा पश्चिम क्षेत्रका २१जना बजार प्रतिनिधि कर्मचारीहरुको सहभागिता रहेको थियो।

View post on imgur.com