Skip to main content

किसान साकोसको पूर्व क्षेत्र स्तरिय बजार प्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रमको २०७८ सम्पन्न

यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को बजार प्रतिनिधि कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम २०७८ सम्पन्न भएको छ।

पूर्व क्षेत्र स्तरिय ३ माघ २०७८का दिन किसान साकोस केन्द्रिय कार्यलय गैंडाकोटको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेल र विशेष उपस्थितीमा संस्थाका अध्यक्ष श्रीहरि चालिसे र कोषाध्यक्ष प्रेम सापकोटा एवं लघुवित्त विभाग प्रमुख प्रेम सापकोटा, ऋण विभाग प्रमुख एकराज सुवेदी, केन्द्रिय कार्यलय ईन्चार्ज अर्जुन पौडेल लगायतको उपस्थिती थियो। कार्यक्रमको सहजिकरण क्षेत्रिय प्रबन्धक माधव बनले गर्नु भएको थियो।

क्षमता अभिवृद्धि प्रस्तुतिकरण प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेल, क्षेत्रिय प्रबन्धकहरु जिवलाल तिवारी र माधव बन र आईटी प्रमुख सागर क्षेत्रीले गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्रीहरि चालिसे र कोषाध्यक्ष प्रेम सापकोटाबाट विशेष सम्बोधन भएको थियो ।

२५औँ सेवाकेन्द्र विष्णुनगर सेवाकेन्द्र कावासोती ६ विष्णुनगरमा शुभारम्भ

समृद्ध सदस्य, दिगो साकोसको परिकल्पनाका साथ अगाडि बढेको किसान बचत तथा ऋण सहकारी संस्था लि.को २५औँ सेवाकेन्द्र, कावासोति नगरपालिका ६ मा बिष्णृुनगर सेवाकेन्द्रको सेवा शुभारम्भ कार्यक्रम सेवाकेन्द्र संयोजक श्री तवारक अहमद मियाज्यूको सभापतित्व र संस्थाका अध्यक्ष श्रीहरि चालिसेज्यूको विषेश आतिथ्यताको साथै कावासोती नगरपालिकाका उपमेयर श्री प्रेम शंकर मर्दनीया थारुज्यूको प्रमुख आतीथ्यतामा हीजो मिति २०७८ कार्तिक १६ गते सुसम्पन्न भयो ।

View post on imgur.com

नवलपुरको हर्कपुर, पिठौली र विष्णुनगर सहित तिन नयाँ सेवाकेन्द्रको समिति गठन

” समृद्ध सदस्य दिगो साकोस ” परिकल्पनाका साथ अगाडी बढेको किसान बचत तथा ऋण सहकारी संस्था अब नवलपुर, चितवन र तनहुँका २७वटा स्थानहरुबाट सेवा प्रदान गर्ने भएको छ।


सेवा केन्द्र विस्तार गर्ने क्रममा गैंडाकोट नगरपालिका वडा न. ११ स्थित हर्कपुरमा हर्कपुर सेवा केन्द्र श्री माधव प्रसाद कोइरालाज्यूको संयोजकत्व तथा श्री फौद बहादुर महत्तोज्यूको सह-संयोजकत्वमा ९ सदस्यीय व्यवस्थापन उपसमिति गठन भएको छ ।

सेवा केन्द्र विस्तार गर्ने क्रममा कावासोती नगरपालिका-१२ पिठौलीमा पिठौली सेवाकेन्द्र व्यवस्थापन उपसमिति श्री श्याम नारायण महतोज्यूको संयोजकत्व तथा श्री राम प्रसाद श्रेष्ठज्यूको सह-संयोजकत्वमा ९ सदस्यीय समिती गठन भएको छ।

सेवा केन्द्र विस्तार गर्ने क्रममा कावासोती न.पा., विष्णुनगर, कोइलापानी, शंखदेव क्षेत्रका सदस्य सेवा प्रारम्भको तयारी स्वरूप सदस्यता विस्तार, कार्यलय निर्माण संगै ११ सदस्यीय सेवाकेन्द्र व्यवस्थापन उपसमिति श्री तवारक अहम्मद मियाज्यूको संयोजकत्वमा गठन भएको छ।

नव गठित सम्पूर्ण सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा शुभकामना व्य‍क्त गर्दछौ ।

हिमचुली सेवा केन्द्रका कर्मचारीहरुको बनभोज कार्यक्रम २०७७

यस किसान वचत तथा ऋण सहकारी संस्था लि. हिमचुली सेवा केन्द्र ले आयोजना गरेको बनभोज कार्यक्रममा यस किसान बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समित, लेखा-समिति, सल्लाहकार, विभिन्न उप-समितिहरु लगायत हिमचुली सेवा केन्द्रका कर्मचारीहरुको संयुक्तरुपमा देवचुली नगरपालिकाको मेगा पार्कमा वनभोज कार्यक्रम सम्पन्न भएको छ |

४० जना भन्दा बढी उपस्थिति रहेको सो वनभोज कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसे, उपाध्यक्ष भोजराज पौडेल, लेखा संयोजक सिआर कँडेल, सचिव अनिल सापकोटा, लेखा तथा सुपरिपेक्षण समिति संयोजक सिआर कँडेल, पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम, प्रमुख कार्यकरी अधिकृत नवराज सापकोटा, सञ्चालक सदस्य दुर्गा प्रासाद चालिसे, पञ्चदृष्टि सेवाकेन्द्र संयोजक रेशम सापकोटा, अमरापुरी सेवाकेन्द्र संयोजक ठाकुर प्रसाद पाण्डे, देवज्योति सेवाकेन्द्र संयोजक खगराज सपकोटा, हिमचुली सेवाकेन्द्रका संयोजक श्री जयलाल पराजुली लगायत हिमचुली सेवा केन्द्रका व्यवस्थापन समिति, किसान साकोसका लेखा प्रमुख माधव बन, अमरापुरी सेवाकेन्द्र इन्चार्ज उमेश देवकोटा उपस्थित लगाएत कर्मचारीहरुको उपस्तिथी रहेको थियो।

नवलपुर, देवचुली, फागुन १ गते |

अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डबाट किसान बचत फेरी सम्मानित

एक्सेस ब्राण्ड, एशियाली ऋण महासंघद्वारा प्रादान गरिने गुणस्तर चिन्ह हो । संस्थाले पर्ल्स मापदण्डलाई पूर्ण पालना गरेको, गुणस्तरिय सदस्य सेवा प्रदान गरेको, नीति विधि तथा शु-सासन बमोजिम सञ्चालन र नयाँ नयाँ प्रविधिहरु संस्थाले अवलम्बन गरेको आधारमा ८६ वटा सुचाङ्कहरुबाट मापन गरे पश्चात प्राप्ताङ्कको आधारमा सोही अनुसारको ब्रोन्ज, सिल्भर, गोल्ड वा प्लाटिनम ब्राण्ड एशियाली ऋण महासंघले प्रदान गर्दछ ।

गैँडाकोट नगरपालिका केन्द्रिय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मलेसियाको क्वालालम्पुरमा सदस्यहरुको जीवनस्तर सुधार्नको लागि सकारात्मक प्रभावकारिता भन्ने नाराकासाथ सेप्टेम्वर २७ देखि ३० सम्म संचालन भैरहेको एशियाली ऋण महासंघको सभाबाट २५ देशका प्रतिनिधिहरुको उपस्थितिमा “एक्सेस ब्रोन्ज ब्राण्ड” प्राप्त गरेको छ।

उक्त ब्राण्ड एशियाली ऋण महासंघका अध्यक्ष योङ सिक किमले प्रदान गर्नु भएको थियो भने किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे, उपाध्यक्ष भोजराज पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, संचालक समिति सदस्य तिलक प्रसाद पराजुली, प्रेम सापकोटा, जयलाल पराजुली तथा प्रमुख प्रशासकिय अधिकृत नवराज सापकोटाले एक्सेस ब्रोन्ज ब्राण्ड अंकित प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

उक्त ब्राण्ड आगामी १ वर्षका लागि मान्य हुने छ।  अर्को वर्ष एशियाली ऋण महासंघबाट संस्थाको स्थलगत परिक्षण गर्दा संस्थाको अवस्था सुदृढ देखिएमा पुनः ब्राण्ड नविकरण हुनेछ र सो भन्दा माथिल्लो अवस्थामा संस्था प्रवेश गरेको देखिएमा सिल्भर, गोल्ड वा प्लाटिनम ब्राण्ड प्राप्त गर्नेछ।

४६ हजार भन्दा बढी शेयर सदस्यहरु आबद्ध यो संस्थाले हाल १ अर्ब ५० करोड पुँजी परिचालन गरि १४ वटा सेवाकेन्द्रहरु सञ्चालन गरी १५ वटा कार्यालय मार्फत स्थानीय तहमै शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । शेयर सदस्यहरुको दुःख सुखमा यो संस्थाले आर्थिक रुपमा साथ दिँदैं जन्म देखि मृत्यूसम्मका सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

यस सुख्द अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभेच्छुक, नियामक निकायहरु र सरोकारवालाहरुमा बधाई एवं आभार प्रकट गर्दछौँ ।

दुम्किबासका सदस्यहरुलाई समूह व्यवस्थापन उपसमितिको अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. दुम्किबास सेवा केन्द्र अन्तर्गत गठन गरीएका लघुवित्त समूहको व्यवस्थापन उपसमितिको अभिमुखिकरण तालिम दुम्किबास सेवा केन्द्रको सर्दि, पाखापानी स्थित आदिवासी जनजाती महासंघको सभाहलमा सम्पन्न भएको छ ।

दुम्किबास सेवा केन्द्रको लघुवित्त उपसमिति सदस्य श्री दमयन्ति रूचालज्यूको सभापतित्व रहेको सो कार्यक्रममा सर्दि क्षेत्रका ५० जना समुह पदाधिकारीहरु साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा संस्था एवं संस्थाले संचालन गरेको लघुवित्त कार्यक्रम सम्बन्धि विभिन्न विषयहरूमा छलफल एवं अन्तरक्रिया गरिएको थियो।

उक्त कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो भने संस्थाको संस्थागत परिचय एवं कार्यक्रम संचालन दुम्किबास सेवा केन्द्र इन्चार्ज अर्जुन प्रसाद पौडेलले गर्नु भएको थियो।

२०७६ आश्विन ९- दुम्कीबाद

 

किसान साकोस कर्जा व्यवस्थापन तालिम सम्पन्न

२०७६ भाद्र ८

राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख प्रमोद कुमार घिमिरे ज्यूबाट किसान साकोसका कर्मचारीहरुलाई कर्जा व्यवस्थापन तालिम प्रदान गर्नु भयो।

https://www.facebook.com/pg/kisanbachatsahakari/photos/?tab=album&album_id=1379813808861608