Skip to main content

राष्ट्रिय सहकारी बैँक लिमिटेडद्वारा किसान साकोस सम्मानित

राष्ट्रिय सहकारी बैँक लिमिटेड नियमित सदस्य रहेको एशियाली ऋण महासंघद्गारा सञ्चालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रम अन्तर्गत सन् २०१९मा ब्रोन्ज ब्राण्ड दिलाउनमा कुशल नेतृत्व प्रदान गर्नुहुने संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसेज्यू लगाएत सञ्चालक समितिका पदाधिकारी तथा सदस्यज्यूहरु साथै कुशल व्यवस्थापन प्रदान गर्नुहुने प्रमुख प्रशासकिय अधिकृत श्री नवराज सापकोटाज्यू लगायत उच्च व्यवस्थापक र सम्पूर्ण साकोस परिवारलाई किसान साकोसको सभाहलमा आयोजित सम्मान कार्यक्रमका बिच हार्दिक बधाई ज्ञापन गर्दै सम्मानित गरेको छ।

सफल नेतृत्व तथा कुशल व्यवस्थापनमा साकोसले आगामी दिनमा समेत आफ्ना सदस्य र देशको समग्र आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा उल्लेख्य योगदान मार्फत नेपालको सहकारी अभियानलाई विश्व सामु चिनाउन थप सफलता मिलोस भनी शुभकामना समेत व्यक्त गरेको छ।

२० कार्तिक २०७६