Skip to main content

२६औ सेवाकेन्द्र पिठौली सेवाकेन्द्रको कारोबार शुभारम्भ

किसान बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २६औं सेवाकेन्द्र कावासोती १२ अवस्थित पिठौली सेवाकेन्द्रबाट आज १२ माघ २०७८ विधिवतरुपमा सेवा शुभारम्भ गरेको छ।

सेवाकेन्द्र संयोजक श्री श्याम नारायण महतोको अध्यक्षता एवं वडा नं. १२का वडाअध्यक्ष खेम प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसे, सचिव अनिल सापकोटा, निवर्तमान अध्यक्ष गोपाल प्रसाद गौतम, संचालक सदस्य राजेन्द्र गौतम, पञ्चदृष्टि सेवाकेन्द्र संयोजक एवं संचालक सदस्य रेशमलाल सापकोटा, संचालक सदस्य दुर्गा प्रसाद चालिसे, देवज्योति सेवाकेन्द्र संयोजक एवं संचालक सदस्य खगराज कडेलको विषेश उपस्थिती रहेको थियो। विशेष अतिथिकोरुपमा वडा नं. ११का वडाअध्यक्ष शारदा प्रसाद अधिकारी, पिठौली महिला साकोसका अध्यक्ष कृतिमा सापकोटा, व्यवस्थापनबाट संस्थाका का.मु.प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेल, क्षेत्रिय प्रबन्धकहरु जिवलाल तिवारी र माधव बन, लघुवित्त विभाग प्रमुख प्रेम अधिकारी, ईन्चार्जहरु लगाएत कर्मचारीहरुको उपस्थिती रहेको थियो।

प्रमुख अतिथिद्वारा रिवन काटेर, दिप प्रज्जवलन पछि खुत्रुकेमा सिक्का जम्मा गरि सेवाकेन्द्रको शुभारम्भ गर्नु भएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य सहित संस्थागत परिचय दिनु भएको थियो भने वडा नं११का वडाअध्यक्ष सारदा प्रसाद अधिकारीले किसान साकोसले सेवाकेन्द्र शुभारम्भ गरेकोमा स्वागत गर्दै संस्थालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

प्रमुख अतिथि वडा नं१२का वडाअध्यक्ष खेम प्रसाद काफ्लेले एकिकरण अभियानको सरहाना गर्दै, यस क्षेत्रमा अन्य सहकारीलाई किसान साकोसले एकिकरण गरी आझै बढी गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गरोस् भन्ने शुभेक्षा राख्नु भएको थियो।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नुभएको थियो।

View post on imgur.com