Skip to main content

समृद्धि भरतपुर सेवाकेन्द्रद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, समृद्धि भरतपुर सेवा केन्द्र अन्तर्गत एक दिने संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तरकृया कार्यक्रम पोखरीचोकको सभाहलमा ९० जना स्थानीयको सहभागितामा सम्पन्न भयो।

सेवा केन्द्र सह-संयोजक श्री अम्बिका सुवेदीज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष उपस्थिती संस्थाका कोषाध्यक्ष श्री प्रेम सापकोटा, पुर्व अध्यक्ष तथा ऋण संयोजक श्री गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष तथा सञ्चालक सदस्य श्री तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा लगाएत लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी, संस्थाको व्यवस्थापन समिति श्री भरत अधिकारी, श्री गोमा गौतम, सल्लाहकार श्री टिकाराम देवकोटा, सेवा केन्द्र ईन्चार्ज श्री सुबास गौतम लगाएत कर्मचारीहरु सतिस शर्मा, शुभद्रा तिवारीको उपस्थितीमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले हाम्रो समुदायमा महिलाको भुमिका प्रमुख रहेको र यस संस्थाले मेघा प्रोजेक्टको रुपमा लिएको लघुवित्त कार्यक्रममा महिलाहरुलाई सहभागी हुन अनुरोध गर्नु भएको थियो।

कोषाध्यक्ष श्री प्रेम सापकोटाले “एकिकरण भएपछि संस्थाको उत्कृष्ट सेवा सुविधाहरु लिन अनुरोध गर्दै, स्वास्थ्य छुट कार्डको सुविधा पनि प्रयोग गर्न अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यूले कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नुभएको थियो भने लघुवित्त प्रमुख श्री प्रेम अधिकारीज्यूले सहजीकरण गर्नु भएको थियो।