Skip to main content

किसान साकोसको सेवा अब चोरमारा बजारबाट – सेवा शुभारम्भ कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे र अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

किसान बचत तथा ऋण सहकारी संस्था लि.को भविष्य निर्माण सेवा केन्द्रको मध्यविन्दु–७ चोरमारामा मिति ०७७ माघ १२ सोमबारबाट कारोवार शुभारम्भ गरिएको छ । मध्यविन्दु–८ रानिटारबाट यसअघि सेवा प्रदान हुँदै आएकोमा चोरमारा बजारबाट पनि भबिष्य निर्माण सेवा केन्द्र मार्फत सेवा बिस्तार गरिएको हो ।

चोरमारा बजार स्थित भविष्य निर्माण सेवा केन्द्रको नयाँ कार्यालय परिसरमा सेवा केन्द्रका संयोजक धनञ्जय शर्माको अध्यक्षता तथा नगरपालिका प्रमुख चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यता, विशेष उपस्थितिमा संस्थाका अध्यक्ष श्रीहरि चालिसे, संस्थाका सञ्चालक समितीका पदाधिकारी तथा सेवाकेन्द्र संयोजकहरु एवं प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाको बिशेष उपस्थिति बिच मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले रिबन काटेर सेवाको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर रानाले “सहकारीको माध्यमले हरेक क्षेत्रमा टेवा पु¥याएको” बताउनुभयो । “विशेष गरि सहकारीमा आबद्ध भएका महिलाहरुको आर्थिकस्तरमा परिर्वतन भएको भन्दै व्यबसायीकतातर्फ उन्मुख हुँदै गएको” बताउनुभयो ।

कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका वडा न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवालीले “नगरपालिकामा आर्थीक खम्बा थपिएको भन्दै यसको संरक्षण गर्नुपर्ने” बताउनुभएको थियो ।

सो अबसरमा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले “संस्थाले रजत महोत्सवलाई संघसंस्थाहरुलाई सहयोग गरेर मनाउने” बताउनुभयो । संस्थाले हरेक ठाँउमा छरिएर सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा मध्यबिन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तो, सहकारी शाखाका बिष्णु प्रसाद शर्मा, जिल्ला बचत तथा क्रण सहकारी सस्थाका अध्यक्ष माधब प्रसाद गौतम, वडा न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवाली, वडा न ५ का वडाअध्यक्ष नुमाकान्त पाठक, वडा न ६ का वडाअध्यक्ष सुर्य प्रसाद न्यौपाने, मध्यबिन्दु उद्योग बाणीज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली, नबजागरण नुमना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद देबकोटा सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाको रजत बर्षको अवसरमा पञ्चवटि र भविष्य निर्माण सेवा केन्द्रका संस्थापक कार्यसमिति, उपसमिति, संस्थापक शेयर सदस्य, सेवा केन्द्र व्यवस्थापन उपसमिति लगायत विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यज्यूहरुलाई सम्मानित गरिएको थियोे । कार्यक्रमको सहजिकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नुभएको थियो ।

किसान बचत तथा ऋण सहकारी संस्थाले प्रथामिक स्वाथ्य केन्द्र चोरमारालाई अत्याधुनिक डिजिटल एक्स–रे र अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेको छ ।

किसान साकोसका अध्यक्ष श्रीहरी चलिसेले सभापतीत्व गर्नुभएको अर्को कार्यक्रममा सामजिक उत्तरदायित्व निभाउदै किसान साकोसद्वारा लायन्स क्लब र मध्यविन्दु नगरपालिकाको उपस्थितीमा प्राथमिक स्वास्थ केन्द्र चोरमारालाई डिजिटल एक्सरे तथा भिडयाे एक्सरे लगायत स्वास्थ सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
मिति ०७७ माघ १२