Skip to main content

‘आत्मदीपन’ बुद्ध र बुद्ध दर्शनसम्बन्धी चित्रकला प्रदर्शन किसान आर्ट ग्यालरीमा

नवलपुर । नवपरासी पूर्वको गैँडाकोट नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड कला र साहित्यको संरक्षण तथा संम्वर्धन गर्न लागि परेको छ । वि.स. २०५२ सालमा स्थापना भएको किसान बचतले सामाजिक उत्तरदायित्व अन्तर्गत कला साहित्य तथा स्थानीय प्रतिभाहरुको प्रर्वधन गर्नका लागि किसान ग्यालरी नाम दिएर आफ्नै प्रर्दशनी हलको समेत व्यवस्था गरेको छ ।

फागुन ४ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको किसान ग्यालरीमा साहित्य र सृजनासँग सम्वन्धीत विभिन्न कार्यक्रमहरु भैरहेका छन् । किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले किसान ग्यालरीमा स्थानीय तथा राष्टिय स्तरका १७ जना चित्रकारका सामुहिक चित्रकाला प्रर्दशनी अहिलेपनि भैरहेको बताउनु भयो ।

त्रिवेणी साहित्य प्रतिष्ठान, कलावती आर्ट काउन्सील र WE द आर्टिस्ट संयुक्त आयोजनामा भैरहेको ‘आत्मदीपन’ नामक सामुहिक चित्रकला प्रर्दशनी आउदो २२ गतेसम्म जारी रहने छ ।१७ चित्रकारका ५० चित्र प्रदर्शनीमा छन । प्रदर्शनीमा राखिएका चित्र न्यूनतम १० हजारदेखि ६० हजार रुपैयाँसम्मका रहेको आयोजकले जनाएको छ । प्रद्रशनीमा वरिष्ठ साहित्यकार एवंम् चित्रकार गोविन्दराज विनोदी, चित्रकार भिम प्रसाद शर्मा, डि बराल लगायतका चित्रकारहरुका प्रतिभा राखिएकाे छ ।

कलाकार, साहित्यकार, रचनाकार सबैलाई किसानले अभिभावकीय रुपमा स्थान दिने भन्दै किसान ग्यालरीमा आगामी दिनमा समेत विभिन्न खालका कार्यक्रमहरु निरन्तर रुपमा गरिने किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नविन सापकोटाले बताउनुभयो ।
किसान ग्यालरीको हल प्रयोग गरे वापत आयोजकले किसानलाई कुनैपनि शुल्क तिर्न नपर्ने उहाँले बताउनु भयो । सेवा भावले हामिले यहाँ हुने विभिन्न प्रर्दशनीका कार्यक्रमहरु निशुल्क हुने व्यवस्था मिलाएका छौ प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो ।

किसान ग्यालरीमा साहित्य र श्रृजनाका अतिरिक्त किसानहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको समेत प्रर्दशनीको तयारी भैरहेको छ । किसान साकोसका कोषाध्यक्ष एवंम लघुवित्त कार्यक्रमका संयाेजक प्रेम सापकोटाले केहिदिन पछिनै किसानले उत्दापन गरेका वस्तु तथा सेवाहरुको प्रर्दशनी गरिने योजना रहेको उज्यालोलाई सुनाउनु भयो । विभिन्न प्रकारका खाद्य सामाग्रीहरुको प्रर्दशनी गरि किसानको उत्पादनलाई उपभोक्ताको हातसम्म पुर्याउने उदेश्यले कार्यक्रमको तयारी भैरहेको उहाँले बताउनुभयो ।

सहकारीका सातवटा सिद्धान्तहरु मध्ये समुदाय प्रति चासाे भन्ने सिद्धान्तबाट अभिप्रेरित भै किसान बचत तथा ऋण सहकारी संस्थाले लामाे समयदेखि विभिन्न सामाजिक गतिविधिहरुलाई अगाडी बढाउदै आईरहेकाे छ ।

गैँडाकोट । कला भावना, संस्कृति अनि मनसँग नजिक हुन्छ । पछिल्लो समय चित्रकला प्रति आकर्षण बढ्दै गएको छ । घर तथा कार्यालयहरुमा चित्रकारद्वारा सिर्जित चित्रकला खरिद गरि राख्ने गरिएको छ । उपहारका रुपमा के दिउँ त भन्दा चित्रकला र चित्रहरु आउने गरेका छन् । यसले चित्रकलालाई व्यवस्थित र व्यावसायिक बनाउन पनि सघाएको छ ।
नारायणगढका अभिषेक तिमिल्सिना, किसान बचत तथा ऋण सहकारी संस्थाको गैंडाकोट ४मा स्थित सहज सेवाकेन्द्रमा रहेको “किसान आर्ट ग्यालरी”मा राखिएका चित्रहरु मन्त्रमुग्ध भएर हेर्दै थिए । कोरोनाका कारण धेरै व्यक्ति लामो समय बन्द कोठामा रहनुपर्ने बाध्यता आयो । यस्ता कठिनाईमा पनि प्रकृति झल्कने चित्र कोठामा सजाउन रुचि राख्ने गरेको तिमिल्सिना बताउँछन् । उनी भन्छन् “अहिले कोभिडका कारणले कोठाबाट मान्छे बाहिर निस्कन पाएनन अत्यासमा यि चित्रहरु हेरेर बुझेर केहि सिक्न पाउने हुँदा पनि यसले सहज बनायो ।” उनले थपे “म त चित्रहरु हेरेर मन शान्त बनाउँछु, रमाइलो लाग्छ र किन्छु ।”
चित्रकलाप्रतिको मोह बढ्नुका साथै पछिल्लो समय चित्रकलालाई माया गर्नेहरुको जमात पनि बढेको छ । यसले चित्रकलालाई व्यावसायिक बनाउन मद्दत मिलेको छ । गैंडाकोट ८ का करुणासागर सुबेदीले थकान मेटाउन र उर्जावान महसुस गर्न चित्रहरु किनेर घर लैजाने गरेको उनले बताए । १० भन्दा बढि चित्र खरिद गरेका उनि भन्छन “चित्रप्रति मेरो छुट्टै आकर्षण छ । गौतम बुद्ध, हरियालीमा चित्रहरु हेरेर थकान मेटाउँछु र शान्ति महसुस गर्छु अनि उर्जावान महसुस गर्न बाघको चित्र हेर्छु ।”
चित्रकलाले समाज, धर्म, संस्कृतिलाई संरक्षण गर्न सघाउ पु¥याउँछ । चित्रकलाका पारखी रामप्रसाद सुबेदीले पनि चित्रहरु किनेर घरमा सजाउने गरेको बताउँछन् । उनी भन्छन “घर सजावटका लागि मेरो आर्थिक अवस्थाले पुगेसम्मका चित्रहरु लगेर घरमा राख्ने गर्छु ।”
कलाकारले मेहनेत गरेर बनाएका चित्रले समाजको यर्थाथतासँगै सन्देश दिने मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको भनाई छ । उनी भन्छन् “कलाको सम्मान गर्नुपर्छ । त्यसैले हामीले मौलाकालिका मन्दिरको फेदिमा मूर्तिकला बनायौ, मेरो घरमा पनि भगवान र प्रकृतिका चित्रकला छन् ।”
कलाले सकारात्मक मनोभावना बृद्धि गर्ने गैँडाकोट ५ की शान्ति न्यौपानेको बुझाई छ । मनमा शान्ति छाउने हुनाले पनि उनले चित्रकारले बनाएका चित्र र मूर्तिहरु किन्ने गरेको बताईन् । उनी भन्छिन् “कलाले मनलाई सकारात्मक बनाउँछ, यहि ठुलो कुरा हो ।”

https://vijayafm.org.np/content/1978/2021-09-28

चितवन — दामोदर उर्फ डी बराल बुधबार मध्याह्न किसान बचत तथा ऋण सहकारी संस्थाको नवलपुर गैंडाकोट-४मा रहेको सहज सेवाकेन्द्र परिसरमा भेटिए । यहाँको किसान आर्ट ग्यालरीमा सामूहिक चित्रकला प्रदर्शनी चलिरहेको छ । ‘आत्मदीपन’ शीर्षकको प्रदर्शनीमा बुद्ध र बुद्ध दर्शनसम्बन्धी चित्र राखिएका छन् । कलाकार बरालका बुद्धका चित्र पनि प्रदर्शनीमा छन् । उनको एउटै चित्रको मूल्य ६० हजार रुपैयाँसम्म छ । बराल चितवनका चित्रकार हुन् ।

‘आत्मदीपन’ मा राखिएको आफ्नो चित्रबारे बताउँदै कलाकार डी बराल । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

गत शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदर्शनीको उद्घाटन गरेका हुन् । चितवनका अर्का पुराना र स्थापित चित्रकार प्रथा अर्थात् प्रकाश थापाले पनि बुद्धदर्शनलाई चित्रमा उतारेर प्रदर्शनमा राखेका छन् । १७ जना कलाकारका चित्र प्रदर्शनीमा राखिएको छ । जसमध्ये १२ जना चितवनकै हुन् । राजनीतिक सिमानाले चितवनको भरतपुर र नवलपुरको गैंडाकोटलाई अलग बनाएको छ । तर यो भेगका कलाकार/साहित्यकार एकै गोलोमा छन् ।

गोविन्दराज विनोदी पाका साहित्यकार मात्रै नभएर उम्दा चित्रकार पनि हुन् । उनको घर गैंडाकोट हो । तर नवलपुर र चितवनका हरेकजसो साहित्य र सिर्जनात्मक गतिविधिमा विनोदी सहभागी हुन्छन्, अतिथि पनि बन्छन् । ‘आत्मदीपन’ विनोदीले नै जुराएको शीर्षक हो । प्रदर्शनीमा दर्शनको उचाइलाई बुझाउने विनोदीको चित्र पनि समावेश छ ।

गैंडाकोटमा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड छ । २०५२ सालमा स्थापना भएको यो सहकारीको नवलपुरमात्रै नभएर चितवनसहित तीन जिल्ला कार्य क्षेत्र हो । वर्षमा साढे तीन अर्ब रुपैयाँको कारोबार गर्ने किसान सहकारीको ७५ हजार सेयर सदस्य छन् । सहज परिसरको ग्यालरी किसान सहकारीले नै स्थापना गरेको हो ।

भीम शर्मा गैंडाकोटका स्थापित चित्रकार हुन् । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा उनका थुप्रै एकल र सामूहिक कला प्रदर्शनी भएका छन् । शर्मा किसान सहकारीका सेयर सदस्य र सल्लाहकार पनि हुन् । ‘सहकारीका सेयर सदस्यको सिर्जनशील क्षमतालाई प्रोत्साहित गर्ने नीतिअनुरूप गत वर्ष फागुन ४ मा हामीले यो ग्यालरी सञ्चालनमा ल्याएका हौं,’ शर्माले भने । गत वर्ष ‘संयोजन’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी भयो । ‘चितवन, नवलपुर र तनहुँ तथा हेटौंडासम्मका सर्जकको साझा प्लेटफर्म यो ग्यालरीलाई बनाउने उद्देश्य हो । चित्रकला मात्रै नभएर साहित्य सिर्जना र संगीतका कार्यक्रम पनि यहाँ आयोजना गरिनेछन् । कृषि तथा अन्य व्यावसायिक उत्पादनको प्रदर्शनी पनि गर्दै जाने योजना हाम्रो छ,’ शर्माले भने ।

‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनी दसैंसम्म चल्नेछ । १७ चित्रकारका ५० चित्र प्रदर्शनीमा छन् । प्रदर्शनीमा राखिएका चित्र न्यूनतम १० हजारदेखि ६० हजार रुपैयाँसम्मका छन् । गैंडाकोट, भरतपुर र आसपासका क्षेत्रमा चित्रकारितामा सक्रिय कलाकार लगभग २५ जना छन् । ‘हामीले दुई महिनाको अन्तरालमा फरक विषयमा कला प्रदर्शनी राख्ने सोच बनाएका छौं । कोभिडले समस्या ल्याएर यो पटक ६ महिनाको अन्तरालमा भयो ।

प्रदर्शनी धेरै भए कलाकारहरू सिर्जनामा व्यस्त हुन्छन्, सक्रिय हुन्छन्,’ शर्माले भने । प्रदर्शनीले सर्वसाधारणलाई कलाका बारेमा बुझ्न मद्दत गर्ने र सिर्जना बिक्री हुने उनले बताए । राम्रो मूल्य पाए कला सिर्जनामा लागेकाहरू उत्प्रेरित हुने शर्माको बुझाइ छ । उपत्यकाबाहिर ग्यालरी राख्ने र सामूहिक चित्रकला प्रदर्शनी गर्ने प्रचलन खासै छैन । ‘हामी कलाकार हौं । यता उताको भन्ने भएन । हामीमा आत्मीयता हुन्छ,’ कलाकार बरालले भने, ‘सामूहिक चित्रकला प्रदर्शनीले हामीलाई एक–अर्काबाट सिक्न मद्दत गर्छ ।’

https://ekantipur.com/Art/2021/10/01/163305198630315493.html