Skip to main content

किसान बचतले आईतबारदेखि आफ्ना सदस्यहरुलाई नयाँ नोट उपलव्ध गराउने

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाले दशैको लागि नयाँ नोट उपलव्ध गराउने भएको छ । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा किसानले नयाँ नोट उपलव्ध गराउन लागेको हो । संस्थाका अध्यक्ष श्रीहरी चालिसेले किसानका सदस्यहरुका लागि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नयाँ नोट सटहीको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

हामिले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि नयाँ नोट सटहीको व्यवस्था मिलाएका छौं अधयक्ष चालिसेले भन्नुभयो : आईतबार देखि नै किसानका सदस्यहरुले नयाँ नोट प्राप्त गर्न सक्नुहुनेछ । बैंकहरुमा लामो लाईन बस्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर आफ्ना सदस्यहरुको सहजताका लागि भन्दै किसानले यो सुविधा उपलव्ध गराउन लागेको हो ।

किसान बचत तथा ऋण सहकारी संस्थाका सबै सेवाकेन्द्रहरु मार्फत किसानका सदस्यहरुले नयाँ नोट पाउन सक्नेछन। नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका नवलपुर, चितवन र तनहुँमा गरि २७ वटा सेवा केन्द्र रहेका छन् ।