Skip to main content

२४औं सेवाकेन्द्र हर्कपुरमा शुभारम्भ – यस वर्ष ३० वटा सेवाकेन्द्र स्थापनाको लक्ष्य: अध्यक्ष चालिसे

नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा “समृद्ध सदस्य दिगो साकोस” परिकल्पनाका साथ २४औं सेवाकेन्द्रको आज सेवाकेन्द्र परिसरमा आयोजित उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि गैँडाकाेट नगरपालिका वडा नं‍ ११का अध्यक्ष गोविन्द सुवेदीले रिवन काट्दै खुत्रुकेमा पैसा राखेर सेवाकेन्द्रकाे उद्घाटन गर्नुभयाे ।

सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक माधव कोइरालाको अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य राख्दै सेवाकेन्द्र स्थापनाको उदेश्य माथी प्रकाश पार्नुभएको थियो । सेवाकेन्द्र उद्घाटन समारोहमा गैँडाकोट नगरपालिका वडा नं. १० का अध्यक्ष देवीदत्त कंडेल, वडा १३ का अध्यक्ष पदमलाल पौडेल सहित ५० भन्दा बढि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सेवाकेन्द्र स्थापनाको अवसरमा मन्तव्य राख्दै संस्थाका अध्यक्ष श्रीहरी चालिसेले यहि वर्ष नै ३० वटा सेवाकेन्द्र पुर्याउने लक्ष्य रहेको बताउनु भयो ।

एशीयाली ऋण महासंघबाट गुणस्तरीय चिन्ह प्राप्त गर्न सफल किसान साकोसले विगत २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

View post on imgur.com

  • समाचार कभरेज