Skip to main content

किसान बचत तथा ऋण सहकारी संस्था लि.को २६औ साभारण सभा अन्तरगत एकाई नं.४को भेला सम्पन्न

२२ मंसिर, २०७८, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरीमामय २६ औं साधारणसभा अन्तर्गत एकाई नं.४ को भेला आज २०७८ मंसीर २२ गते देवचुलीमा सम्पन्न भएको छ । देवचुली नगरपालिका अन्तरगत जनमुखी, पञ्दृष्टी र देवज्योति सेवाकेन्द्रहरुका सदस्यहरु उपस्थित रहेको उक्त भेलामा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूको अध्यक्षता भएको थियो । देवचुली नगरपालिकाका नगरप्रमुख श्री पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम संस्थाका सचिव श्री अनिल सापकोटाले सञ्चालन गर्नु भएको थियो ।

जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष होमनाथ जैसी,  नगर प्रवक्ता क्याटेन डिल बहादुर खत्री, देवचुली नगरपालिकाका वडाअध्यक्षज्यूहरु लगायतको विषेश आतिथ्यता रहेको उक्त भेलामा सो क्षेत्रका संघसंस्थाका प्रतिनिधिज्यूहरु, क्याम्पस तथा विद्यालयका प्रमुख एवं प्रतिनिधीज्यूहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य पञ्चदृष्टि सेवा केन्द्रका संयोजक तथा सञ्चालक सदस्य रेशमलाल सापकोटाले राख्नु भएको थियो ।

संस्थाका सचिव अनिल सापकोटाले प्रगति प्रतिवेदन एवं प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष प्रेम सापकोटाले आर्थिक प्रतिवेदन एवं प्रस्तावित बजेट र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणी कंडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शुभकामना मन्तव्य दिने क्रममा शेयर सदस्यहरुको तर्फबाट सत्य नारायण भुसाल, शैक्षिक संस्थाहरुको तर्फबाट जयनारायण सापकोटा, संघसंस्थाको तर्फबाट खिमानन्द भुषाल, वडा अध्यक्षहरुका तर्फबाट देवचुली १३ का वडाअध्यक्ष एवं नगर प्रवक्ता क्यप्टेन डिल बहादुर खत्री लगायतका वक्ताहरुले किसान साकोसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रचेको छवि एवं स्थानीय स्तरमा आर्थिक उन्नति तथा सामाजिक क्रियाकलापमा गरेको योगदानको प्रशंसा गर्दै भविष्यमा संस्थागत विकासको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

२६औं वार्षिक साधारण सभाको अवसर पारी संस्थाका उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट बाल सदस्य, उत्कृष्ट ऋण व्यावस्थापन सदस्य, उत्कृष्ट समुह गरि ११२ जना सदस्यहरु सम्मानित हुनुभएको थियो भने उक्त कार्यक्रमा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपेरिवेक्षण समिति, सल्लाहाकार, विभिन्न उप समिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/media/set/?vanity=kisansaccos&set=a.2090163947826587