Skip to main content

किसान बचत तथा ऋण सहकारी संस्था लि.को २६औ साभारण सभा अन्तर्गत एकाई नं.५को भेला सम्पन्न

२८ मंसिर, २०७८,

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरीमामय २६ औं साधारणसभा अन्तर्गत एकाई नं.५ को भेला २०७८ मंसीर २८ गते गैंडाकोट एग्रोमार्ट परिसर, गैंडाकोट-४ मा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका अन्तरगत विजयनगर, हर्कपुर, मुकुन्दपुर, हिमचुली र सहज सेवाकेन्द्रहरुका सदस्यजयूहरु उपस्थित रहेको उक्त भेलामा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूको अध्यक्षता भएको थियो । गैंडाकोट नगरपालिकाका नगरप्रमुख श्री क्षत्रराज पौडेलज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम संस्थाका सचिव श्री अनिल सापकोटाले सञ्चालन गर्नु भएको थियो ।

गैंडाकोट नगरपालिकाका वडाअध्यक्षज्यूहरु लगायतको विषेश आतिथ्यता रहेको उक्त भेलामा सो क्षेत्रका संघसंस्थाका प्रतिनिधिज्यूहरु, क्याम्पस तथा विद्यालयका प्रमुख एवं प्रतिनिधीज्यूहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य सहज सेवाकेन्द्रका संयोजक तिर्थराज रिमालले राख्नु भएको थियो ।

संस्थाका सचिव अनिल सापकोटाले प्रगति प्रतिवेदन एवं प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष प्रेम सापकोटाले आर्थिक प्रतिवेदन एवं प्रस्तावित बजेट र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणी कंडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथिले किसान साकोसले सामजिक विकसासँगै सदस्यको आर्थिक उपार्जन र सबै संस्थालाई एक गराउन सफल भएको समेत बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरुका तर्फबाट गैंडाकोट ४का वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपाने र संस्थागत तर्फबाट जिल्ला सहकारी संघ नवलपरासी ब.सु.पू.का अध्यक्ष केशव प्रसाद सापकोटा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

२६औं वार्षिक साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्य, उत्कृष्ट बाल सदस्य, उत्कृष्ट ऋण व्यावस्थापन सदस्य, उत्कृष्ट समुह गरि १३६ जना सदस्यहरु सम्मानित हुनुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपेरिवेक्षण समिति, सल्लाहाकार, विभिन्न उपसमिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।