Skip to main content

किसान बचत तथा ऋण सहकारी संस्था लि.को २६औ साभारण सभा अन्तर्गत एकाई नं.७को भेला सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरीमामय २६ औं साधारणसभा अन्तर्गत एकाई नं.७ को भेला २०७८ पौष ३ गते पञ्चकन्या विद्या मन्दिर परिसर, रत्ननगर-२, टाँडीमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिका अन्तर्गत सौहार्द सेवाकेन्द्रका सदस्यजयूहरु उपस्थित रहेको उक्त भेलामा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूले अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगर उपप्रमुख श्री विमला दुवाडीज्यूको प्रमुख आतिथ्यता गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सौहार्द सेवाकेन्द्र व्यवस्थापन समिति सदस्य निरज रेग्मीले गर्नु भएको थियो।

रत्ननगर नगरपालिकाका वडा अध्यक्षज्यूहरु लगायतको विषेश आतिथ्यता रहेको उक्त भेलामा सो क्षेत्रका संघसंस्थाका प्रतिनिधिज्यूहरु, क्याम्पस तथा विद्यालयका प्रमुख एवं प्रतिनिधीज्यूहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य सौहार्द सेवाकेन्द्रका संयोजक चन्द्र प्रसाद नेपालले राख्नु भएको थियो ।

संस्थाका सहसचिव सरस्वती कंडेलले प्रगति प्रतिवेदन एवं प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष प्रेम सापकोटाले आर्थिक प्रतिवेदन एवं प्रस्तावित बजेट र लेखा तथा सुपरिवेक्षण समितिका सदस्य विष्णु प्रसाद सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिज्यूले मन्तव्य राख्दै “किसान साकोसले गरेका वित्तिय तथा सामाजिक सेवाको लागि धन्यबाद दिँदै सहकारीहरुले पनि उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने” बताउनु भएको थियो। वडा अध्यक्षहरुका तर्फबाट रत्ननगर २का वडाअध्यक्ष तिलक राज पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

२६औं वार्षिक साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्य, उत्कृष्ट बाल सदस्य, उत्कृष्ट ऋण व्यावस्थापन सदस्य, उत्कृष्ट समुह गरि ११ जना सदस्यज्यूहरु सम्मानित हुनुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपेरिवेक्षण समिति, सल्लाहाकार, विभिन्न उपसमिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

३ पौष, २०७८