Skip to main content

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

नेपालको सर्वोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरि एशियाली मापदण्डमा पुग्न सफल यस किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा भविष्य निर्माण सेवाकेन्द्र, चोरमाराबजारको लागि तपशिल बमोजिमको पदमा खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा उल्लेखित सेवा र शर्तमा रही काम गर्न चाहने ईच्छुक व्यक्तिहरुबाट शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, एकप्रति पासपोर्ट साईजको फोटो, तालिम तथा अनुभवहरुको प्रतिलिपी सहित २०७७/११/१० गते भित्र आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। रित नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन।

तपशिलः

विज्ञापन नं.: २०/०७७/०७८
पदः बजार प्रतिनिधि
तहः दोस्रो
संख्याः केही
उमेरः १८ वर्ष पुगी ३५ वर्ष ननाघेको
योग्यताः SEE उत्तीर्ण वा सो सरह र सम्बन्धित क्षेत्रमा अनुभवीलाई प्राथमिकता
परिक्षाको किसिमः अन्तरवार्ता
तलब स्केलः संस्थाको नियमानुसार
सेवाः अस्थायी

विज्ञापन नं.: २१/०७७/०७८
पदः सुरक्षा गार्ड
संख्याः केही
उमेरः २१ वर्ष पुगी ४५ वर्ष ननाघेको
योग्यताः साधारण लेखपढ र सम्बन्धित क्षेत्रमा अनुभवीलाई प्राथमिकता
परिक्षाको किसिमः अन्तरवार्ता
तलब स्केलः संस्थाको नियमानुसार
सेवाः अस्थायी

ईमेलबाट आवेदन दिनः hr @ kisan.org.np

संयोजक,
पदपूर्ति उपसमिति

नोटः थप जानकारीको लागि संस्थाको केन्द्रिय कार्यालय तथा सेवा केन्द्रहरुमा सम्पर्क राख्नुहुने अनुरोध छ।
कर्मचारी छनौटका लागि छोटो सूचीमा रहेका आवेदकहरुलाई छनौट प्रकृयामा समावेश गराईने छ।

हिमचुली सेवा केन्द्रका कर्मचारीहरुको बनभोज कार्यक्रम २०७७

यस किसान वचत तथा ऋण सहकारी संस्था लि. हिमचुली सेवा केन्द्र ले आयोजना गरेको बनभोज कार्यक्रममा यस किसान बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समित, लेखा-समिति, सल्लाहकार, विभिन्न उप-समितिहरु लगायत हिमचुली सेवा केन्द्रका कर्मचारीहरुको संयुक्तरुपमा देवचुली नगरपालिकाको मेगा पार्कमा वनभोज कार्यक्रम सम्पन्न भएको छ |

४० जना भन्दा बढी उपस्थिति रहेको सो वनभोज कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसे, उपाध्यक्ष भोजराज पौडेल, लेखा संयोजक सिआर कँडेल, सचिव अनिल सापकोटा, लेखा तथा सुपरिपेक्षण समिति संयोजक सिआर कँडेल, पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम, प्रमुख कार्यकरी अधिकृत नवराज सापकोटा, सञ्चालक सदस्य दुर्गा प्रासाद चालिसे, पञ्चदृष्टि सेवाकेन्द्र संयोजक रेशम सापकोटा, अमरापुरी सेवाकेन्द्र संयोजक ठाकुर प्रसाद पाण्डे, देवज्योति सेवाकेन्द्र संयोजक खगराज सपकोटा, हिमचुली सेवाकेन्द्रका संयोजक श्री जयलाल पराजुली लगायत हिमचुली सेवा केन्द्रका व्यवस्थापन समिति, किसान साकोसका लेखा प्रमुख माधव बन, अमरापुरी सेवाकेन्द्र इन्चार्ज उमेश देवकोटा उपस्थित लगाएत कर्मचारीहरुको उपस्तिथी रहेको थियो।

नवलपुर, देवचुली, फागुन १ गते |

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

नेपालको सर्वोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरि एशियाली मापदण्डमा पुग्न सफल यस किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा भरतपुर महानगरपालिका वडा नं. १, पुतलीबजारमा सेवा केन्द्र सञ्चालन गर्न गईरहेकोमा उक्त सेवाकेन्द्रको लागि तपशिल बमोजिमको पदमा खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा उल्लेखित सेवा र शर्तमा रही काम गर्न चाहने ईच्छुक व्यक्तिहरुबाट शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, एकप्रति पासपोर्ट साईजको फोटो, तालिम तथा अनुभवहरुको प्रतिलिपी सहित २०७७/१०/२७ गते भित्र आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। रित नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन।

तपशिलः

विज्ञापन नं.: १८/०७७/०७८
पदः बजार प्रतिनिधि
तहः दोस्रो
संख्याः ५ जना
उमेरः १८ वर्ष पुगी ३५ वर्ष ननाघेको
योग्यताः SEE उत्तीर्ण वा सो सरह र सम्बन्धित क्षेत्रमा अनुभवीलाई प्राथमिकता
परिक्षाको किसिमः अन्तरवार्ता
तलब स्केलः संस्थाको नियमानुसार
सेवाः अस्थायी

ईमेलबाट आवेदन दिनः hr @ kisan.org.np

संयोजक,
पदपूर्ति उपसमिति

नोटः थप जानकारीको लागि संस्थाको केन्द्रिय कार्यालय तथा सेवा केन्द्रहरुमा सम्पर्क राख्नुहुने अनुरोध छ।

किसान साकोसको सेवा अब चोरमारा बजारबाट – सेवा शुभारम्भ कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे र अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

किसान बचत तथा ऋण सहकारी संस्था लि.को भविष्य निर्माण सेवा केन्द्रको मध्यविन्दु–७ चोरमारामा मिति ०७७ माघ १२ सोमबारबाट कारोवार शुभारम्भ गरिएको छ । मध्यविन्दु–८ रानिटारबाट यसअघि सेवा प्रदान हुँदै आएकोमा चोरमारा बजारबाट पनि भबिष्य निर्माण सेवा केन्द्र मार्फत सेवा बिस्तार गरिएको हो ।

चोरमारा बजार स्थित भविष्य निर्माण सेवा केन्द्रको नयाँ कार्यालय परिसरमा सेवा केन्द्रका संयोजक धनञ्जय शर्माको अध्यक्षता तथा नगरपालिका प्रमुख चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यता, विशेष उपस्थितिमा संस्थाका अध्यक्ष श्रीहरि चालिसे, संस्थाका सञ्चालक समितीका पदाधिकारी तथा सेवाकेन्द्र संयोजकहरु एवं प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाको बिशेष उपस्थिति बिच मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले रिबन काटेर सेवाको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर रानाले “सहकारीको माध्यमले हरेक क्षेत्रमा टेवा पु¥याएको” बताउनुभयो । “विशेष गरि सहकारीमा आबद्ध भएका महिलाहरुको आर्थिकस्तरमा परिर्वतन भएको भन्दै व्यबसायीकतातर्फ उन्मुख हुँदै गएको” बताउनुभयो ।

कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका वडा न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवालीले “नगरपालिकामा आर्थीक खम्बा थपिएको भन्दै यसको संरक्षण गर्नुपर्ने” बताउनुभएको थियो ।

सो अबसरमा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले “संस्थाले रजत महोत्सवलाई संघसंस्थाहरुलाई सहयोग गरेर मनाउने” बताउनुभयो । संस्थाले हरेक ठाँउमा छरिएर सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा मध्यबिन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तो, सहकारी शाखाका बिष्णु प्रसाद शर्मा, जिल्ला बचत तथा क्रण सहकारी सस्थाका अध्यक्ष माधब प्रसाद गौतम, वडा न ७ का वडाअध्यक्ष अमृत प्रसाद ज्ञवाली, वडा न ५ का वडाअध्यक्ष नुमाकान्त पाठक, वडा न ६ का वडाअध्यक्ष सुर्य प्रसाद न्यौपाने, मध्यबिन्दु उद्योग बाणीज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली, नबजागरण नुमना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद देबकोटा सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाको रजत बर्षको अवसरमा पञ्चवटि र भविष्य निर्माण सेवा केन्द्रका संस्थापक कार्यसमिति, उपसमिति, संस्थापक शेयर सदस्य, सेवा केन्द्र व्यवस्थापन उपसमिति लगायत विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यज्यूहरुलाई सम्मानित गरिएको थियोे । कार्यक्रमको सहजिकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नुभएको थियो ।

किसान बचत तथा ऋण सहकारी संस्थाले प्रथामिक स्वाथ्य केन्द्र चोरमारालाई अत्याधुनिक डिजिटल एक्स–रे र अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेको छ ।

किसान साकोसका अध्यक्ष श्रीहरी चलिसेले सभापतीत्व गर्नुभएको अर्को कार्यक्रममा सामजिक उत्तरदायित्व निभाउदै किसान साकोसद्वारा लायन्स क्लब र मध्यविन्दु नगरपालिकाको उपस्थितीमा प्राथमिक स्वास्थ केन्द्र चोरमारालाई डिजिटल एक्सरे तथा भिडयाे एक्सरे लगायत स्वास्थ सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
मिति ०७७ माघ १२