Skip to main content

किर्तिमानी २०औं एकिकरण पछि किसान साकोसको सेवा अब चितवनमा पनि !!!

०५ कार्तिक २०७६ –

“किसान को शान : एकीकृत सेवा को अभियान” लाई आत्मसाथ गर्दै एकीकरणमा अर्को सफलता प्राप्त गरेको छ। किसान साकोस गैँडाकोटको सभाहलमा आयोजित एकिकरण कार्यक्रममामा भरतपुर महानगरपालिका ११ स्थित सम्वृद्धि बहुउद्देश्य सहकारी संस्था लि. संगको एकिकरण सम्झौता हस्ताक्षर सँगै सहकारी विभागबाट विधिवत एकीकरण हुन स्वीकृति प्राप्त गरि किर्तिमनी २० औं एकीकरण सम्पन्न गरेको छ।

किर्तिपुर साकोस र किसान साकाेस बिच एकीकरण सम्झाैता सम्पन्न। किसानको १९औ एकिकरणको किर्तिमान

आज २०७६/०६/२५गते

देवचुली नगरपालीका वडा नं ६ स्थित किर्तिपुर बचत तथा ऋण सहकारी संस्था र किसान साकाेस बिच विधीवत एकीकरण गर्न दुवै संस्था बिच एकीकरणकाे कार्यविधि सहित सम्झाैता सम्पन्न भएको छ। यो सम्झौता संगै १९औं सहकारीको एकीकरण गरि अर्काे किर्तीमान कायम गरेकाे छ।

`सहकारी संस्थाकाे संख्यात्मक हैन गुणात्मक बिकास गराै´ भन्ने उद्देश्यका साथ २०५८ साल देखि एकीकरण अभियान लिएर अगाडि बढेकाे किसान साकाेसले १८ वटा सहकारी संस्थाहरुसंग विधीवत एकीकरण गरि एकीकृत सेवा प्रदान गर्दै आइरहेकाे छ।