Skip to main content

कावासोतीमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम

किसान बचत तथा ऋण सहकारी संस्था लि. कावासोती सेवा केन्द्र अन्तर्गत महिला समूहका सदस्यहरुलाई होटल द फुलमुन, कावासोती-३ सभाहलमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम तथा लघुवित्त सम्बन्धी नितिगत छलफल कार्यक्रम, लघुवित्त व्यवस्थापन उपसमिति सम्योजक श्री हिमा गौतम ज्यूको अध्यक्षता तथा सेवाकेन्द्र सम्योजक श्री पुर्ण प्रसाद न्युरे ज्यु को विशेष उपस्थिती सहित ४२ जना महिला शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सेवा केन्द्र ईन्चार्ज डिलराम न्यौपाने ले गर्नुभएको थियो।

२६ कार्तिक २०७६ कावासोती सेवा केन्द्र

राष्ट्रिय सहकारी बैँक लिमिटेडद्वारा किसान साकोस सम्मानित

राष्ट्रिय सहकारी बैँक लिमिटेड नियमित सदस्य रहेको एशियाली ऋण महासंघद्गारा सञ्चालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रम अन्तर्गत सन् २०१९मा ब्रोन्ज ब्राण्ड दिलाउनमा कुशल नेतृत्व प्रदान गर्नुहुने संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसेज्यू लगाएत सञ्चालक समितिका पदाधिकारी तथा सदस्यज्यूहरु साथै कुशल व्यवस्थापन प्रदान गर्नुहुने प्रमुख प्रशासकिय अधिकृत श्री नवराज सापकोटाज्यू लगायत उच्च व्यवस्थापक र सम्पूर्ण साकोस परिवारलाई किसान साकोसको सभाहलमा आयोजित सम्मान कार्यक्रमका बिच हार्दिक बधाई ज्ञापन गर्दै सम्मानित गरेको छ।

सफल नेतृत्व तथा कुशल व्यवस्थापनमा साकोसले आगामी दिनमा समेत आफ्ना सदस्य र देशको समग्र आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा उल्लेख्य योगदान मार्फत नेपालको सहकारी अभियानलाई विश्व सामु चिनाउन थप सफलता मिलोस भनी शुभकामना समेत व्यक्त गरेको छ।

२० कार्तिक २०७६

मध्यविन्दुका महिलाहरुलाई समुह व्यवस्थापन अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. भविष्य निमार्ण सेवा केन्द्र अन्तर्गत महिला समूहका सदस्यहरुलाई ज्ञानज्योति आधारभूत विद्यालय मध्यविन्दु-७ रानिटार सभाहलमा एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम तथा लघुवित्त सम्बन्धी नितिगत छलफल कार्यक्रम, लघुवित्त व्यवस्थापन उपसमिति सदस्य श्री अस्मिता पाण्डे ज्यूको अध्यक्षता तथा समिति सदस्य श्री थम्म लाल पोखरलको विशेष उपस्थिती सहित २५ जना महिला शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो ।

२० कार्तिक २०७६ भविष्य निर्माण सेवा केन्द्र

देवचुली ७ रामबासमा महिला समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि देवज्योती सेवा केन्द्र अन्तर्गत देवचुली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था देवचुली ७ रामबासमा महिला समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ। देवज्योती सेवा केन्द्रका लघुवित्त उपसमिती संयोजक श्री बिनु गुरुङ्ग ज्यूको संयोजकत्वमा तथा सेवा केन्द्र संयोजक श्री खगराज कंडेल ज्यूको विशेष उपस्थिति एवं सेवा केन्द्र व्यवस्थापन उपसमितीका सदस्य श्री चुरीकला शर्मा ज्यूको उपस्थितिमा भएको अभिमुखिकरण तालिममा ७ वटा महिला समुहका ४० जान पदधिकारी, लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो। उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

१८ कार्तिक २०७६

देवचुली सेवाकेन्द्र अन्तर्गत कीर्तिपुरमा किसान साकोस सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. देवचुली सेवा केन्द्र अन्तर्गत कीर्तिपुरमा किसान साकोस सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको सम्पन्न भएको छ। श्री नौला सिङ सुनारी ज्यूको सभापतित्वमा देवचुली नगरपालिका वडा ६ का अध्यक्ष श्री मीन बहादुर सोति ज्यूको प्रमुख अथितिमा, देवज्योती सेवा केन्द्रका व्यवस्थापन उपसमितिका सहसंयोजक कृष्ण बहदुर आले ज्यूको विशिष्ट अतिथिमा, सदस्य श्री हरि पाण्डे ज्यूको उपस्थिति लगायत दलदले सेवा केन्द्रका इन्चार्ज चन्द्रबहादुर सुनारी, आरुङ्गखोला सेवा केन्द्रका इन्चार्ज यानीसरा गाहा तथा देवज्योती सेवाकेन्द्रका कर्मचारीहरुको  सहभगी रहेको थियो।

१६ कार्तिक २०७६ – देवचुली

किसानको शान : एकीकृत सेवाको अभियानमा भरतपुर १०को सप्तरङ्गी साकोससंग २१औं एकिकरण

२०७६ कार्तिक ९

सहकारी संस्थाकाे संख्यात्मक हैन गुणात्मक वृद्धि गराै भन्ने नाराका साथ सहकारी एकिकरण अभियानलाई अगाडि बढाउने क्रममा भरतपुर महानगरपालिका वडा नं. १० सि्थत सप्तरङ्गी साकाेस र किसान साकाेस बिच एकिकरणकाे कार्यविधी र शर्त माथी छलफल गरी सम्झाैता सम्पन्न।

किसानको शान : एकीकृत सेवाको अभियानमा सप्तरङ्गी साकाेस सहीत २१ वटा संस्थासंग किसान साकाेसले एकीकरण गर्न सफल भएकाे छ ।

ढोडेनी गैँडाकोटमा महिला समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

०७ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम हिमचुली सेवा केन्द्र अन्तर्गत गैंडाकोट वडा ०३ ढोडेनीको देउराली सामुदायिक बनको सभाहलमा सम्पन्न भएको छ। किसान साकोसका सञ्चालक सद्स्य एवं लघुवित्त उपसमिति सदस्य श्री जयलाल पराजुली ज्यूको सभापतित्व र लघुवित्त उपसमिति सदस्य श्री डिलाराम सापकोटाको उपस्थिती भएको उक्त कार्यक्रममा ८ वटा समुहका ४४ जना महिला सहभागी लगायत सेवा केन्द्र इन्चार्ज विकास पौडेल, कर्मचारी कल्पना सुनारीको सहभागीता रहेको थियोे। कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

किर्तिमानी २०औं एकिकरण पछि किसान साकोसको सेवा अब चितवनमा पनि !!!

०५ कार्तिक २०७६ –

“किसान को शान : एकीकृत सेवा को अभियान” लाई आत्मसाथ गर्दै एकीकरणमा अर्को सफलता प्राप्त गरेको छ। किसान साकोस गैँडाकोटको सभाहलमा आयोजित एकिकरण कार्यक्रममामा भरतपुर महानगरपालिका ११ स्थित सम्वृद्धि बहुउद्देश्य सहकारी संस्था लि. संगको एकिकरण सम्झौता हस्ताक्षर सँगै सहकारी विभागबाट विधिवत एकीकरण हुन स्वीकृति प्राप्त गरि किर्तिमनी २० औं एकीकरण सम्पन्न गरेको छ।

श्री जनता निमाविमा मध्यबिन्दु १०का अभिभावक शिक्षक र विद्यार्थीहरुलाई वित्तय साक्षारता कार्यक्रम सम्पन्न

०५ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. आरुणखोला सेवाकेन्द्र अन्तर्गत मध्यबिन्दु १० को श्री जनता निम्न माध्यमिक विद्यालयमा उपस्थित अभिभावक शिक्षक र विद्यार्थीहरुलाई वित्तय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रा.अ. नवीन गुरुङ्ग ज्यूले गर्नु भएको सो कार्यक्रममा ६५ जना विद्यार्थी, ५० जना अभिभावक तथा ११ जना शिक्षकको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको संचालन सेवा केन्द्र इन्चार्ज यानी सरा गाहाले गर्नु भएको थियो र कार्यक्रमको सहजीकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

अरुणखोला सेवाकेन्द्र अन्तर्गत महिलाहरुलाई समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम मध्यबिन्दु वडा १० छेत्री टाँडीमा सम्पन्न

०५ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम आरुङ्गखोला सेवा केन्द्र अन्तर्गत मध्यबिन्दु वडा १० छेत्री टाँडीको श्री जनता निम्न माध्यमीक विद्यालय को सभाहलमा सम्पन्न भएको छ । आरुङ्गखोला केन्द्रका उपसमिति सदस्य श्री नवीन गुरुङ ज्यूको सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा ७वटा समुहका ५६ जना महिला सहभागी लगायत सेवा केन्द्र इन्चार्ज यानिसरा गाहा, कर्मचारी तिल बिकको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।