Skip to main content

किसानको एकीकरण अभियानमा अर्को सफलता

समृद्धि संवाददाता, नवलपुर ।

kisanaaa
किसान बचत तथा ऋण सहकारी संस्थाको १४ औंं शाखाको रुपमा देवज्योति सेवा केन्द्रको शुभारम्भ भएको छ । देवचुली नगरपालिका वडा नंं. ९ स्थित विशालटारमा एकीकृत सेवा केन्द्रको शुभारम्भ गरिएको हो ।
सेवा केन्द्रका संयोजक खगराज कण्डेलको अध्यक्षता तथा किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेको विशेष उपस्थितिमा आयोजित कार्यक्रमका बीच  वैद्धिकविधिपूर्वक सेवा केन्द्रको शुभारम्भ गरिएकोे हो । समारोहमा स्थानीय कन्या सहारा थापाबाट वैद्धिकविधि पालना गरी सेवा केन्द्रमा कलश भित्र्याइएको थियो भने धुप बत्ती समेत बालिएको थियो ।
आर्थिक वर्ष २०७६।०७७ को पहिलो दिन बुधबार सेवा केन्द्रको शुभारम्भ गरिएको हो । संस्थाका सचिव अनिल सापकोटाले सहजीकरण गरेकोे कार्यक्रममा सञ्चालक सदस्य एवं पञ्चदृष्टि सेवा केन्द्र संयोजक रेशमलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष श्रीहरि चालिसेले संस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराँउदै एकीकरण अभियानमा सहयोग गर्ने सबै शेयर सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
उहाँले सहकारीले यस स्थानबाट समेत अब गुणस्तरीय र एकीकृत सेवा प्रवाह गर्ने भन्दै सहकारीसँग हातेमालो गर्न सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा देवज्योति सेवा केन्द्र संयोजक खगराज कंडेलले अन्तर्राष्टिय गुणस्तर चिन्ह प्राप्त किसान साकोससँंग एकीकरण भएसँगै यहाँका शेयर सदस्यलाई गुणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा किसान साकोसका निर्वतमान अध्यक्ष एवं सञ्चालक गोपालप्रसाद गौतम, उपाध्यक्ष भोजराज पौडेल, सहकारीका कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सहसचिव सरस्वती कंडेल, सञ्चालक अर्जुन खनाल, भागिरथ पौडेल, सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटालगायत दुवै संस्थाका सञ्चालक, पञ्चदृष्टि सेवा केन्द्र दलदलेका व्यवस्थापन उपसमिति, सहकारीका शेयर सदस्य, संस्थाका कर्मचारीहरुलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।