Skip to main content

एकीकृत वित्तीय सेवा किसानको शान्, किसान सोकासको अर्को कीर्तिमान

२९ वैशाख, मध्यविन्दु ।
नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । गैंडाकोटमा मुख्य कार्यालय रहेको  किसान बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट  र भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटार बीच एकीकरण घोषणासभा तथा किसानको १३ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ इतिहास रचेको हो ।
शनिबार मध्यबिन्दु नगरपालिका वडा नं. ८ स्थित ज्ञानोदय आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा दुइवटा सहकारीको एकीकरण घोषणा गर्नुका साथै नयाँ सेवा केन्द्रको समेत शुभारम्भ गरिएको हो । सोहीक्रममा साविक किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र साविक भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटारका अध्यक्ष धनञ्जय शर्माले दुइवटा ब्यानर हटाएर एक आपसमा अङ्कमाल गरी एकीकरणको सन्देश दिनुभएको थियो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर–प्रमुख चन्द्रबहादुर रानाले एकीकरण पछि बनेको नयाँ सेवा केन्द्र , किसानको भविष्य निर्माण सेवा केन्द्रको समुद्घाटन गर्नुभयो । उहाँले रिबन काटेर नयाँ सेवा केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर–प्रमुख रानाले सहकारी एकीकरणको सन्दर्भमा किसानले छुट्टै कीर्तिमान कायम गरेकोमा बधाइ दिनुभयो । उहाँले परिवर्तित समयमा सहकारीले बचत सङ्कलनमा सीमित नभइकन उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी गुणस्तरीय सेवा दिन  सबै स–साना सहकारीहरु एकीकरणमा जानुपर्नेमा समेत जोड दिनुभयो ।
IMG_4786%2B%25281%2529
सहकारीका शेयर सदस्यलाई गुणस्तरीय, छिटो, छरितो र प्रभावकारी सेवा दिन सहकारी सफल हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले सहभागीलाई स्वागत गर्दै सानो पुँजीबाट सुरुवात भएको सहकारी हाल बिस्तार हुँदैं १३ करोड ६ लाख  ३ सय रुपैयाँ शेयर पुँजी जम्मा र कुल पँुजी १ अरब ५० करोड रुपैँया पु¥याउन सफल भएको  यस्तै ४१ हजार ८६ जनालाई सहकारीमा आबद्ध गराउन सफल रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले विक्रम संवत २०५२ सालमा स्थापना भएको सहकारी हाल शेयर सदस्यको हातेमालोका कारणले विशाल सहकारी बन्दै अघि बढिरहेको बताउँदै अब्बल वित्तीय संस्थाका रुपमा विकासित गर्ने बताउनुभयो । उहाँले नयाँ नयाँ प्रविधि अंँगाल्दै गइरहेको संस्थाले यसअघि नै १७ वटा सहकारीसंँग एकीकरण गरी नेपालको सहकारी इतिहासमा एकीकरणको सन्दर्भमा कीर्तिमान कायम गरिरहेको बताउँदैं उत्कृष्ट बचत सहकारीको रुपमा परिचय कायम गरेको बताउनुभयो ।
उहाँले सहकारीबाट दिगो रुपमा सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरी एकीकृत र गुणस्तरीय सेवा प्रदान गर्न अघि बढेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला वचत संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतम, किसान फाउन्डेसनका अध्यक्ष गोपाल गौतम, मध्यविन्दु नगरपालिकाका नगर शिक्षा प्रमुख देविराम अर्याल, वडा अध्यक्ष नुमाकान्त पाठक, भविष्य निर्माण सेवा केन्द्रका संयोजक धनञ्जय शर्मालगायतका जनप्रतिनिधिले किसान साकोसले उत्कृष्ट सहकारीको परिचय कायम राखिरहेको भन्दै सहकारीका सबै शेयर धनीलाई बधाइ ज्ञापन गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य र ऐकिकरण अभियानमा सहयोग गरेको भन्दै १७ जनालाई सम्मान गरिएको थियो ।
गत फागुनमा मध्यविन्दु नगरपालिका स्थित भविष्य निर्माण साकोस र किसान साकोस बीच एकीकरणको सहमति भएसँंगै किसानले मध्यविन्दु ८ मा शाखा बिस्तारको तयारी गर्दै त्यस क्षेत्रमा एकीकृत र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न लागिसकेको सहकारीका वरिष्ठ अधिकृत गणेश शर्माले जानकारी दिनुभएको  छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका उमादेवि खनाल, दिक्षा सुनार, गायक जिवि खनाल, तुफान गुरुङलगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती राखेका थिए । यस्तैगरि स्थानीय समुदायको जातीय भेषभुषा सहितको नृत्य,  थारु समुदायको नृत्य, मगर नृत्य, बाल कलाकारको नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
संस्थाका अध्यक्ष  श्रीहरि चालिसेको अध्यक्षता एवंम् साविक भविष्य निर्माण साकोसका अध्यक्ष धनञ्जय शर्माको सह अध्यक्षता रहेको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाको सहजीकरणमा सम्पन्न भएको हो ।
https://www.samriddhikhabar.com/2019/05/blog-post_36.html

किसान साकोस र भविष्य निर्माण साकोस एकिकरण समारोह

किसान बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट  र भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटार बीच एकीकरण घोषणासभा तथा किसानको १३ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ सहकारी क्षेत्रमा ईतिहास रचेको छ ।

[wpfbint_gallery id=1299476420228681]

रानिटार, चोरमारामा १३औ सेवा केन्द्रको शुभारम्भ