
०५ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम आरुङ्गखोला सेवा केन्द्र अन्तर्गत मध्यबिन्दु वडा १० छेत्री टाँडीको श्री जनता निम्न माध्यमीक विद्यालय को सभाहलमा सम्पन्न भएको छ । आरुङ्गखोला केन्द्रका उपसमिति सदस्य श्री नवीन गुरुङ ज्यूको सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा ७वटा समुहका ५६ जना महिला सहभागी लगायत सेवा केन्द्र इन्चार्ज यानिसरा गाहा, कर्मचारी तिल बिकको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।