Skip to main content

अरुणखोला सेवा केन्द्र अन्तर्गत महिला सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७६ कार्तिक ०४
किसान बचत तथा ऋण सहकारी संस्था लि द्वारा संचालित लघुवित्त सम्बन्धि अभिमुखिकरण कार्यक्रम आरुङ्गखोला सेवा केन्द्र अन्तर्गत मध्यबिन्दु १५ भिउराहन सुर्यबिनायक मन्दिरको सभाहलमा सम्पन्न भएको छ । अरुणखोला केन्द्रका लघुवित्त संयोजक श्री बिष्णु प्रसाद ढकालको सभापतित्वमा तथा सेवा केन्द्र ब्यवस्थापन समितिका संयोजक श्री अर्जुन खनाल ज्यूको विशेष उपस्थित रहेको कार्यक्रममा १०बटा समूहको ६४ जना सहभागी लगायत सेवा केन्द्र इन्चार्ज यानिसरा गाहा, कर्मचारी अनिता गिरिको सहभागी रहेको थियोे । कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।