Skip to main content

किसान साकोस सहकारीको विश्वविद्यालयः नेफ्स्कून प्रदेश संयोजक गुरुङ्ग – Sambriddhi Khabar

किसान बचत तथा ऋण सहकारी संस्थामा पुनः चालिसेको नेतृत्व
गैंडाकोट, २५ मंसिर । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः श्रीहरि चालिसे चयन हुनुभएको छ । सहकारीको २४ औं साधारणसभा तथा ११ औं नेतृत्व चयन कार्यक्रमबाट चालिसेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
४ वर्षे कार्यकालका लागि बनेको नयाँ समितिको उपाध्यक्षमा भोजराज पौडेल, सचिव अनिल सापकोटा, कोषाध्यक्ष प्रेम सापकोटा, सहसचिव सरस्वती कंडेल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा गोपालप्रसाद गौतम, तिलकप्रसाद पराजुली, रेशमलाल सापकोटा, राजेन्द्र गौतम, पशुपति पोख्रेल, रामकृष्ण पौडेल, पवित्रा भुषाल, धनञ्जय शर्मा, ठाकुरप्रसाद पाण्डे, दुर्गाप्रसाद चालिसे, बालु पुरी, पार्वतीकुमारी बराल, पार्वती ज्ञवाली र मिनाकुमारी रायमाझी चयन हनुभएको निर्वाचन समितिका संयोजक रमेश काफ्लेले जानकारी दिनुभएको छ । यस्तै चिन्तामणी कंडेल (सीआर)को संयोजकत्वमा ३ सदस्यीय लेखा समितिसमेत चयन भएको छ जसको सदस्यहरुमा विष्णुप्रसाद सापकोटा, बुद्धिप्रसाद पोख्रेल रहनुभएको छ । नयाँ समितिले आजै पदभार ग्रहण गनुका साथै सपथग्रहण समेत गरिएको छ ।
सहकारीले गत मंसिर १४ गते देखि १८ गतेसम्म सबै सेवाकेन्द्रमा क्षेत्रीय रुपमा साधारणसभा सञ्चालन गरेको थियो भने केन्द्रिय कार्यालयको नेतृत्व चयन कार्यक्रम यहि मंसिर २२ र २३ गते सञ्चालन गरेको थियो । सोहीक्रममा निर्वाचनको प्रक्रिया अघि बढेपनि सहकारी विभागको नीति र विधि अनुरुप आज (बुधबार) गैंडाकोटमा भब्य समारोहको आयोजना गरी नयाँ समितिको नामावली सार्वजनिकसँगै सपथग्रहण तथा पदभार ग्रहण गरिएको हो ।
५० हजार बढि सेयर सदस्य रहेको सहकारीले मंसिर १८ भित्रै १५ वटा सेवाकेन्द्रका छुट्टाछुुट्टै साधारणसभा सञ्चालन गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा (नविन)ले जानकारी दिनुभएको छ ।
सहकारीका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका सञ्चालक एवं नेफ्स्कुन गण्डकी प्रदेशका संयोजक भिम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले किसान सहकारी एउटा विश्वविद्यालय भएको भन्दै देशैभरका सहकारीकर्मीहरुले यसबाट सिक्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश भित्रका सहकारीलाई किसानले सिकाउने गहन कार्य गर्नसमेत संयोजक गुङको आग्रह थियो ।
फरक प्रसंगमा उहाँले नेफ्स्कुनमा किसान जस्तो सहकारीको विश्वविद्यालयले नेतृत्व लिनुपर्ने आवश्कता औंल्याउनुभयो । सानोरुपबाट स्थापित किसान सहकारी आज देशकै सहकारी एकिकरण र सहकारीताका सबालमा नेतृत्व गरिरहेको भन्दै संस्थालाई आभार प्रकटसमेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधवप्रसाद गौतमले एउटा गाउँको गर्जो टार्न स्थापीत गरेको सहकारीले आज देशकै नेतृत्व गनृ सकिरहेको भन्दै सबै सहकारीकर्मीलाई आभार दिनुभयो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दैं गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारीका अध्यक्ष देवराज पौडेलले सहकारीहरु एकजुट भइ सहकारिताको माध्यमबाट समाज रुपान्तरणमा लाग्न आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा स्थानीय क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सहकारीका विभिन्न उपसमिति सदस्य , सहकारीका सेयर सदस्य एवं सरोकारवालाको उपस्थिति रहेको थियो  ।
https://www.samriddhikhabar.com/2019/12/blog-post_11.html