Skip to main content

किसान साकोसको २४औ साधारण सभा एवं ११औ नेतृत्व चयन कार्यक्रमको निर्णय प्रमाणीत हस्ताक्षर सपथ ग्रहण तथा पद हस्तान्तरण समारोह सम्पन्न

किसान साकोसको २४औ साधारण सभा एवं ११औ नेतृत्व चयन कार्यक्रमको निर्णय प्रमाणीत हस्ताक्षर सपथ ग्रहण तथा पद हस्तान्तरण समारोह संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा र नेफ्सकूनका सञ्चालक सदस्य तथा गण्डकी प्रदेश संयोजक भिम गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
आगामी ४ वर्षे कार्यकालका लागि श्रीहरि चालिसेको अध्यक्षतामा १९ सदस्यि सञ्चालक समिति र चिन्तामणी कण्डेलको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत रुपमा चयन हुनुभएको छ।
निर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरुलाई निर्वाचन उपसमिति संयोजक रमेश काफ्ले, सदस्यहरु कृष्ण प्रसाद पराजुली र हिमाल देव पंगेनीले सपथ ग्रहण गराई प्रमाण पत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य भरत प्रसाद दवाडी, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष केशव प्रसाद सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष माधव प्रसाद गौतम, नेपाल रेडक्रस सोसाईटीका सभापति मदन भक्त अधिकारी, गैँडाकोट नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न आमन्त्रित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीज्यूहरु, संस्थाका पुर्व अध्यक्षहरु, संस्थापक सदस्यहरु, सल्लाहकारहरु, विभिन्न उपसिमितिका संयोजक तथा सदस्यहरु, सेवाकेन्द्र संयोजक तथा व्यवस्थापन उपसमितिका सदस्यहरु, निर्णय प्रमाणीत गर्ने प्रतिनिधीहरु लगायत सेयर सदस्यहरु, पत्रकारहरु तथा संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो।
संस्थाका सचिव अनिल सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा नवनिर्वाचित समितिलाई विशिष्ट अतिथी माधव प्रसाद गौतम, नेफ्स्कून सञ्चालक सदस्य भरत प्रसाद दवाडी र प्रमुख अतिथी नेफ्स्कून सञ्चालक सदस्य तथा गण्डकी प्रदेश संयोजक भिम गुरुङ्गले शुभकामना मन्तव्य दिनुभएको थियो।
वक्ताहरुले संस्थागत विकासको लागि हार्दिक बधाई दिँदै आगामी दिनमा पनि संस्थागत चौतर्फी विकास र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

सञ्चालक समितिको नामावली
क्र.सं. नाम थर पद सम्पर्क
श्रीहरि चालिसे अध्यक्ष ९८५५०१५१५६
भोजराज पौडेल उपाध्यक्ष ९८५५०५४६९०
अनिल सापकोटा सचिव ९८५५०६३५७१
प्रेम सापकोटा कोषाध्यक्ष ९८५५०६३९२१
सरस्वती कंडेल सह सचिव ९८४५०८०५७८
गोपालप्रसाद गौतम सदस्य ९८५५०५८०२५
तिलकप्रसाद पराजुली सदस्य ९८५५०५४५३३
रेशमलाल सापकोटा सदस्य ९८५७०४०१२६
राजेन्द्र गौंतम सदस्य ९८५५०६४८७६
१० पशुपती पोख्रेल सदस्य ९८५७०४०४९९
११ रामकृष्ण पौडेल सदस्य ९८४०७१७२९६
१२ पवित्रा भुषाल सदस्य ९८४७१९५८७८
१३ धनञ्जय शर्मा सदस्य ९८४७३७७२१५
१४ ठाकुरप्रसाद पाण्डे सदस्य ९८४७१४५००८
१५ दुर्गाप्रसाद चालिसे सदस्य ९८५५०६५८०६
१६ बालु पुरी सदस्य ९८५७०४११६१
१७ पार्वतीकुमारी बराल सदस्य ९८४५०५०९१९
१८ पार्वती ज्ञवाली सदस्य ९८४७५८२६०४
१९ मिनाकुमारी रायमाझी सदस्य ९८०५४०५८३४
२० नर वहादुर थापा विजयनगर संयोजक ९८५५०८२१४७
२१ गोपाल सिर्पाली सम्वृद्धि  संयोजक ९८५७०४०६७६
२२ जयलाल पराजुली हिमचुली संयोजक ९८४५०६४१५०
२३ प्रेम प्रसाद सापकोटा मुकुन्दपुर संयोजक ९८४५०५४०२९
२४ भेषराज पौड्याल जनमुखी संयोजक ९८५७०४१५५९
२५ अर्जुन खनाल अरुणखोला संयोजक ९८५७०२३९३५
२६ प्रकाश खनाल दुम्किवास संयोजक ९८५७०२७४५१
२७ खगराज कण्डेल देवज्योति संयोजक ९८४७०९६६१६
२८ भुवन सुवेदी समृद्धि संयोजक ९८४५४४७१५०
२९ हरिाम रेग्मी सप्तरङ्गी संयोजक ९८४५०८१८८४
३० देवी घिमिरे कावासोती संयोजक ९८४७२४१०२७
लेखा तथा सुपरीवेक्षण समितिको नामावली
चिन्तामणी कंडेल लेखा संयोजक ९८५५०५९२८७
विष्णुप्रसाद सापकोटा लेखा सदस्य ९८५५०४६३१९
बुद्धिप्रसाद पोख्रेल लेखा सदस्य ९८५७०४१२३८

२०७६ मंसिर २५