Skip to main content

किसान बचत तथा ऋण सहकारी संस्था लि.को २६औ साभारण सभा अन्तर्गत एकाई नं.६को भेला सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरीमामय २६ औं साधारणसभा अन्तर्गत एकाई नं.६ को भेला २०७८ पौष ४ गते निर्भाना रिसोर्ट परिसर, भरतपुर-१०मा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका अन्तर्गत समृद्धि, सप्तरङ्गी, नारायणगढ सेवाकेन्द्रहरु र देवघाट गाँउपालिका अन्तर्गत सप्तगण्डकी सेवाकेन्द्रका सदस्यजयूहरु उपस्थित रहेको उक्त भेलामा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूले अध्यक्षता एवं चितवन क्षेत्र नं.२का संघिय सांसद एवं न्याय कानुन तथा मानवअधिकार समिति सभापति माननिय श्री कृष्ण भक्त पोखरेलज्यूको प्रमुख आतिथ्यता गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव अनिल सापकोटाले गर्नु भएको थियो।

भरतपुर महानगरपालिका र देवघाट गाँउपालिकाका वडा अध्यक्षज्यूहरु लगायतको विषेश आतिथ्यता रहेको उक्त भेलामा सो क्षेत्रका संघसंस्थाका प्रतिनिधिज्यूहरु, क्याम्पस तथा विद्यालयका र सामुदायिक वनका प्रमुख एवं प्रतिनिधीज्यूहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य सप्तरङ्गी सेवाकेन्द्र संयोजक जिवनाथ तिमिल्सिनाले राख्नु भएको थियो ।

संस्थाका सचिव अनिल सापकोटाले प्रगति प्रतिवेदन एवं प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष प्रेम सापकोटाले आर्थिक प्रतिवेदन एवं प्रस्तावित बजेट र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणी (सिआर) कंडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिज्यूले मन्तव्य राख्दै “हाम्रो देशको संविधानमा सहकारी उल्लेख गरिएको र देशको विकासमा सहकारीको उल्लेख्य भुमिका रहने र महिलाहरुको समग्र क्षेत्रमा सहभागिताले मात्र सो कुरा सम्भव हुने हुनाले, किसान साकोसको कार्यक्रममा महिलाको उल्लेखनिय सहभागिता देखेर खुसि लागेको” बताउनु भएको थियो। वडा अध्यक्षहरुका तर्फबाट भरतपुर १०का वडाअध्यक्ष एवं भरतपुर महानागरपालिकाका प्रवक्ता अरुण पण्डित भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।

२६औं वार्षिक साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्य, उत्कृष्ट बाल सदस्य, उत्कृष्ट ऋण व्यावस्थापन सदस्य, उत्कृष्ट समुह गरि ११३ जना सदस्यज्यूहरु सम्मानित हुनुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपेरिवेक्षण समिति, सल्लाहाकार, विभिन्न उपसमिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

४ पौष, २०७८