Skip to main content

२६औं साधारण सभा निर्णय पुस्तिका प्रमाणित तथा रजतवर्ष समारोह सम्पन्न

यस किसान वचत तथा ऋण सहकारी संस्था लि. को २६औं वार्षिक साधारण सभा अन्तिम निर्णय प्रमाणित तथा समापन समारोह एवं रजत समारोह सम्पन्न गरिएको छ । यस अघि सात चरणमा सञ्चालित ईकाइ स्तरिय साधारण सभाले पारीत गरेका निर्णयहरुलाई प्रस्तुत गरीएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेले गर्नु भएको थियो भने प्रमुख अतिथि तत्कालीन राष्ट्रिय सहकारीसंघका संस्थापक अध्यक्ष तथा तत्कालीन सहकारी विकास वोर्डका सहअध्यक्ष सहकारी ऐन २०४८ र नियमावली २०४९का मसौदाकार सहकारीविज्ञ पूर्व गृह-राज्यमन्त्री, राष्टिय सहकारी महासंघका सल्लाहकार श्री दिपक प्रकाश बास्कोटाले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व कार्यकारी अधिकृतहरु, १० वर्ष निरन्तर सेवारत कर्मचारीहरु, एम्बुलेन्स खरिदका सहयोगी दाताहरु र एम्बुलेन्स ड्राईभर, विभिन्न विधामा उत्कृष्ट सेवाकेन्द्र र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रजतवर्ष पुस्तिका विमोचनका साथै क्यूआर कोड स्क्यान सेवाको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा किसान राष्ट्रिय पुरस्कारबाट सहकारीविद तथा पूर्व गृह राज्यमन्त्री श्री दिपक प्रकाश बास्कोटालाई सम्मान गरिएको थियो। विगत वर्षको यो पुरस्कार सम्मान नेफ्सकूनका पूर्वअघ्यक्ष सहकारीविद् श्री कैलाशभक्त प्रधानाङ्गलाई गरिएको थियो !

कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले शुभकामना मन्तव्य राख्नुहुँदै “गणेशमान सिंह जस्तो नेतृत्व एवं सर्वसम्मती संस्कारको विम्ब किसान साकोस भएको” बताउनु भयो।

कार्यक्रममा साधारण सभाबाट छनोट हुनुभएका प्रतिनिधिहरुले निर्णय पुस्तिकामा हस्ताक्षर गरि प्रमाणित गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नुभएको थियो ।

https://www.facebook.com/media/set/?set=a.2103709573138691