Skip to main content

किसान साकोस, देवज्योति कृषी सहकारी तथा किर्तिपुर ऐकिकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाट्न समारोह

११ माघ, देवचुली नगरपालिका ।
नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान साकोस, देवचुली नगरपालिका अवस्थित किर्तिपुर साकोस र देवज्योति कृषी सहकारी बीच एकीकरण घोषणासभा तथा किसानको १४ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ इतिहास रचेको हो ।
शनिबार देवचुली नगरपालिका वडा नं. ९ स्थित देवज्योति सेवाकेन्द्र परिसर पछाडीको मैदानमा आयोजित कार्यक्रममा तिनवटा सहकारीको एकीकरण घोषणा गर्नुका साथै नयाँ सेवा केन्द्रको समेत शुभारम्भ गरिएको हो ।
 
कार्यक्रममा साविक किसान साकोस, साविक देवज्योति कृषी सहकारी र किर्तिपुर साकोसका प्रतिनिधीहरुले मञ्चमा हात समातेर संगसंगै उठाई एकिकरणको सन्देश दिनुभएको थियो ।
कार्यक्रममा एकीकरण पछि बनेको नयाँ सेवा केन्द्र देवज्योति सेवा केन्द्रको प्रमुख अतिथी देवचुली नगरपालिकाका नगरप्रमुख श्री पूर्ण कुमार श्रेष्ठद्वारा रिबन काटेर समुद्घाटन गर्नुभएको थियो।
 
कार्यक्रममा विशिष्ट अतिथीकारुपमा नेपाल बचत तथा ॠण केन्द्रीय संघ लि. ( नेफ्स्कून ) का लेखा समिती संयोजक नवराज सापकोटा , नेफ्स्कून संचालक समिति सदस्य विद्या कोइराला साथै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल रहनुभएको थियो।
 
कार्यक्रममा मनतव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले किसान साकोसले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले सहभागीलाई स्वागत गर्दै विक्रम संवत २०५२ सालमा स्थापना भएको सहकारी हाल शेयर सदस्यको हातेमालोका कारणले विशाल सहकारी बन्दै अघि बढिरहेको बताउँदै अब्बल वित्तीय संस्थाका रुपमा विकासित र बिस्तार हुँदैं चितवन र तनहुँ जिल्लामा पनि फैलिएको बताउनु भयो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले निती विधी र प्रविधी अंँगाल्दै गइरहेको सहकारीबाट दिगो रुपमा सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरी एकीकृत र गुणस्तरीय सेवा प्रदान गर्न अघि बढेको बताउनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी कलाकारहरु चन्द्रा गुरुङ्ग, प्रेम बराल, गणेश वि.क.न, गोविन्द भुसाल, सपना परियार, मैना गुरुङ्गको सांस्कृतिक प्रस्तुती राखेका थिए ।
 
संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता एवंम् साविक किर्तिपुर साकोस अध्यक्ष नौला सिं सुनारी र साविक देवज्योति कृषी सहकारीका अध्यक्ष खगराज कँडेलको सहअध्यक्षता रहेको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाको सहजीकरणमा सम्पन्न भएको हो ।