
०७ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम हिमचुली सेवा केन्द्र अन्तर्गत गैंडाकोट वडा ०३ ढोडेनीको देउराली सामुदायिक बनको सभाहलमा सम्पन्न भएको छ। किसान साकोसका सञ्चालक सद्स्य एवं लघुवित्त उपसमिति सदस्य श्री जयलाल पराजुली ज्यूको सभापतित्व र लघुवित्त उपसमिति सदस्य श्री डिलाराम सापकोटाको उपस्थिती भएको उक्त कार्यक्रममा ८ वटा समुहका ४४ जना महिला सहभागी लगायत सेवा केन्द्र इन्चार्ज विकास पौडेल, कर्मचारी कल्पना सुनारीको सहभागीता रहेको थियोे। कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।