Skip to main content

शोकसभा तथा ऋण मिनाह कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.ले मध्यबिन्दु -१०, टादी निवासी संस्थाको शेयर सदस्य एंव पुर्णीमा महिला समुहको सदस्य लक्ष्मी सुब्बा मिति २०७६ मङ्सिर २९गतेका दिन असामयिक निधन भएको हुँदा आज ९औं दिनको पुन्य तिथीमा शोकसभा कार्यक्रम आयोजना गरी शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै एवं दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरि ऋण मिनाह गरेको छ ।

अरुङ्गखोला सेवाकेन्द्रका संयोजक श्री अर्जुन खनालज्यूद्वारा स्व. लक्ष्मी सुब्बाको नाममा रहेको रु.१५०७३७.०० (अक्षरुपी एक लाख पचास हजार सात सय सैतिस रुपैयाँ) ऋण मिनाहा घोषणा गर्दै शोक मन्तव्य सहित परिवारजनलाई समवेदना पत्र प्रदान गर्नु भएको थियो। शोक सभामा केन्द्रिय कार्यलय गैंडाकोटबाट पाल्नु भएका संचालक समितीका कोषाध्यक्ष प्रेम सापकोटाज्यू ,बरिष्ठ अधिकृत गणेश प्रसाद पौडेलज्यू, लेखा प्रमुख माधव बनज्यू, सेवा केन्द्र संचालक समिती सदस्यज्यूहरु, सेवाकेन्द्र लघुवित्त उपसमिति सदस्यज्यूहरु, शेयर सदस्यहरु, इष्टमित्रहरु, छरछिमेकीहरु, शुभेच्छुकहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो।

संस्थाले उक्त लघुवित्त समुहको ऋणीहरुको ऋण सुरक्षणको लागि चिन्ता निवारण कोष खडा गरी ऋणीको मृत्यु पश्चाप बाँकी ऋण स्वतः मिनाह हुने व्यवस्था भएको जानकारी संचालक समितीका कोषाध्यक्ष श्री प्रेम सापकोटाज्यूले परिवारजन प्रति समवेदन एवं  हार्दिक श्रद्धान्जली प्रकट गर्दै कार्यक्रममा जानकारी गराउनु भएको थियो।