Skip to main content

किसान साकोसको २०औं सेवाकेन्द्र – सप्तगण्डकी सेवाकेन्द्र देवघाट धाम तनहुँमा शुभारम्भ

गैंडाकोट, ९ चैत्र ।  किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं सेवाकेन्द्र देवघाटमा शुभाम्भ गरिएको छ । आइतबार देवघाट गाउँपालिका वडा नं. ५, तनहुँमा, सप्तगण्डकी सेवाकेन्द्रका संयोजक ऋषिराम सुवेदीको अध्यक्षतामा सम्पन्न स्वास्थ्य सचेतना तथा समुद्घाटन कार्यक्रमका बीच संस्थाका २०औं सेवाकेन्द्रकारुपमा सप्तगण्डकी सेवाकेन्द्रको देवघाट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एलबहादुर गुरुङले सेवाकेन्द्रको रिबन काटेर शुभारम्भ गर्नुभएको छ।
देवघाट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एलबहादुर गुरुङले यस क्षेत्रमा किसान साकोस आएकोमा आफुहरु खुसि भएको भन्दै अहिले नेपालसहित विश्वभर कोरोना भाइरसको माहामारी देखिएकाले विपद्को समयमा सर्तक बन्न सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा किसान साकोसले सचेतनामुलक सन्देश प्रवाह गर्नुका साथै सबै सेयर सदस्यलाई हेल्चेक्राई नगरिकन सुरक्षित र सर्तक बन्न आह्वान गरेको छ ।  विशेषगरी बैंक तथा वित्तिय क्षेत्र विपद्का समयमा झनै अत्यावश्यक बन्ने भएकाले पालिकाका स्थानीयहरुको माग अनुसार नै आईतबार शुभारम्भ गरिएको अध्यक्ष चालिसेले जानकारी दिनुभएको छ ।
सेवाकेन्द्रको शुभारम्भमा धार्मिक तिर्थस्थल देवघाटधामका बटुकहरुले स्वस्ति शान्ति गरी बैद्धिक विधिपूर्वक पुजनसमेत गरेका थिए ।
अत्यन्तै न्यून उपस्थितिका बीच गरिएको शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार माधवप्रसाद गौतम, निर्वतमान अध्यक्ष गोपालप्रसाद गौतम, पूर्व अध्यक्ष तिलकप्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटासहित १ दर्जन पालिकाका सेयर धनिको उपस्थिति रहेको सचिव अनिल सापकोटाले जानकारी दिनुभएको छ ।