गैंडाकोट, २३ असार २०७६ ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लघुवित्त कार्यक्रमअन्तर्गत सोमबार २ वटा लघुवित्त समूह गठन गरिएको छ ।  संस्थाले सोमबार गैंडाकोट नगरपालिकाको वडा नं. ५ र  ८ मा लघुवित्त महिला समूह गठन गरेको हो ।
सोहीअन्तर्गत, गैंडाकोट ८ मा प्रयास महिला समूह गठन भएको छ । वडाको उज्ज्वल टोलविकास संस्थामा सर्मिला कंडेलको अध्यक्षतामा ७–सदस्यीय महिला समिति गठन भएको हो । महिलाहरुको भेलाबाट ७ सदस्यीय लघुवित्त समूह गठन गरिएको समूह परिचालक श्रीदेवी पंगेनीले जानकारी दिनुभएको छ ।
 यस्तै वडा नं. ५ स्थित मातृभुमि टोलविकास संस्थामा ७ सदस्यीय मौलाकालिका महिला समूह गठन गरिएको छ । जसको अध्यक्षमा सितादेवि कंडेल रहनुभएको छ । समितिको उपाध्यक्षमा सुधा गौतम, कोषाध्यक्ष राधिका चालिसे, सचिव कमला भुषाल, सदस्य सरस्वती ज्ञवाली, प्रमिला सापकोटा, यमुना पन्थि रहनुभएको समूह परिचालक विन्दु शर्माले जानकारी दिनुभयो ।
दुबै समूह गठनका लागि लघुवित्त प्रमुख प्रेमप्रसाद अधिकारीले सहजिकरण गर्नुभएको थियो । मौलाकालिका महिला समूह गठनका क्रममा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीको विशेष उपस्थिति रहेको थियो ।
लघुवित्त कार्यक्रमअन्तर्गत न्युनतम २०-जना महिलाहरु रहेसंगै एक लघुवित्त समूह गठन गर्ने सहकारीको व्यवस्था रहेको छ । जसमा अधिकतम् ५०–जना सम्म महिलाहरु रहनसक्ने लघुवित्त प्रमुख अधिकारीले जानकारी दिनुभएको छ ।
किसान लघुवित्त कार्यक्रम भित्र हाल सम्म ६२५ वटा समूह गठन भइसकेको र करिब १५ हजार महिला दिदीबहिनीहरु समूहमा आवद्ध भएको उहाँले जानकारी दिनुभएको छ ।