Skip to main content

महिला समूहका प्रतिनिधिज्यूहरुलाई किसान लघुवित्त महिला सदस्य सम्मेलन, २०७६को निमन्त्रणा

नेपालको सर्वोत्कृष्ट तथा अन्तराष्ट्रिय ब्राण्ड प्राप्त यस किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई वित्तीय तथा गैह्र वित्तीय सेवा प्रदान गर्दै आईरहेको विदितै छ । संस्थाले आफ्ना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वित्तीय साक्षरता, वित्तीय अनुशासन, समूह बचत, लघुकर्जा र विभिन्न सिपमुलक तालिम उपलब्ध गराई महिला सशक्तिकरण, नेतृत्व विकास र स्वावलम्बी बनाउने उद्देश्य सहित यही २०७६ भाद्र ०७ गतेका दिन आर्थिक संवृद्धिको लागि लघुवित्त कार्यक्रममा महिला सहभागिता विषयक नाराका साथ किसान लघुवित्त महिला सदस्य सम्मेलन, २०७६ को आयोजना गरी नवलपुर जिल्लाका आफ्ना ४६००० भन्दा बढी सदस्यहरुको प्रतिनिधित्व गर्दै ८०० जना भन्दा बढी महिला सदस्यहरुको सहभागितामा पूर्व संविधान सभा सदस्य एवं महिला अधिकारकर्मी पेम्वा लामा तथा राष्ट्रिय स्तरका वित्तीय विज्ञ प्रमोदराज घिमिरेबाट कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेकोले किसान साकोस मार्फत गठन भएका महिला समूहका प्रतिनिधिज्यूहरुलाई नारायणी रिसोर्ट, गैंडाकोट २ नारायणी नदि किनारमा ठिक १०.०० बजे उपस्थितिको लागि हार्दिक निवेदन गर्दछौं ।

किसान साकोस परिवार