Skip to main content

समूह व्यवस्थापन अभिमुखिकरण तालिम रजहर धुसेरीमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. जनमुखी सेवाकेन्द्र अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम रजहर धुसेरी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।

सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य श्री चिन्तामणी चापागाईंज्यूको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य श्री रनकान्ती सापकोटाज्यू, सेवाकेन्द्र लघुवित्त उपसमितिका सदस्य श्री मिनाकुमारी रायमाझीज्यु साथै कर्मचारी हरुको उपस्थिती रहेको थियो।

सातवटा महिला समुहका ५१ जना पदाधिकारीको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।