Skip to main content

झोल साबुन र बाटेको धुप बनाउने तालिम दुम्किबास सेवाकेन्द्रद्वारा सम्पन्न ।

किसान साकोस, दुम्किबास सेवा केन्द्र अन्तर्गतका महिला शेयर सदस्यहरूलाई झोल साबुन र बाटेको धुप बनाउने तालिम भानूदय बहुमुखी क्याम्पस, विनयी त्रिवेणी-२, ज्यामिरेको सभाहलमा ५० जना सदस्यहरूको सहभागितामा सम्पन्न भएको छ । संस्थाका सह सचिव एवं महिला जागरण उप समिती संयोजक श्री सरस्वती कंडेल ज्यूको अध्यक्षता रहेको कार्यक्रममा दुम्किबास सेवाकेन्द्र संयोजक श्री प्रकाश खनाल ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा दुम्किबास सेवाकेन्द्र सदस्य एवं ऋण संयोजक ढाकाराम शर्मा, सूर्य प्रसाद श्रेष्ठ, सदस्य एवं लघुवित्त उपसमिति संयोजक बालु पुरी, सदस्य तारा शर्मा एवं कर्मचारीहरूको उपस्थिती थियो । उक्त तालिममा सहभागिहरूलाई संस्थाका सह सचिव एवं महिला जागरण उपसमिती संयोजक श्री सरस्वती कंडेल ज्यूले प्रशिक्षण गराउनु भएको थियो भने कार्यक्रम संचालन सेवाकेन्द्र इन्चार्ज अर्जुन पौडेलले गर्नु भएको थियो ।

२ मंसिर २०७६