Skip to main content

विनयी त्रिवेणी-४ सर्दि पाखापानीमा झोल साबुन र बाटेको धुप बनाउने तालिम सम्पन्न ।

किसान साकोस, दुम्किबास सेवा केन्द्र अन्तर्गतका महिला शेयर सदस्यहरूलाई झोल साबुन र बाटेको धुप बनाउने तालिम, आदिवासी जनजाती महासंघको सभाहल, विनयी त्रिवेणी-४, सर्दि, पाखापानीमा ४८ जना सदस्यहरूको सहभागितामा सम्पन्न भएको छ । संस्थाका सह सचिव एवं महिला जागरण उपसमिती संयोजक श्री सरस्वती कंडेल ज्यूको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसे तथा प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा ज्यूको विषेश उपस्थिती रहेको थियो । दुम्किबास सेवाकेन्द्र लघुवित्त सदस्य दमयन्ति रूचालज्यूले स्वागत मन्तव्य एवं लघुवित्त उप समिति संयोजक बालु पुरी ज्यूले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उपसमिती सदस्य बुद्दि प्रसाद पौडेल, सेवाकेन्द्र इन्चार्ज अर्जुन पौडेलको उपस्थिती रहेको थियो । उक्त तालिममा सहभागिहरूलाई संस्थाका सहसचिव एवं महिला जागरण उप समिती संयोजक श्री सरस्वती कंडेल ज्यूले प्रशिक्षण गराउनु भएको थियो भने कार्यक्रम संचालन सेवाकेन्द्र समुह परिचालक शारदा गिरीले गर्नु भएको थियो ।

४ मङ्गसिर २०१९