Skip to main content

समूह व्यवस्थापन तालिम – कावासोती सेवाकेन्द्र – २०७६ कार्तिक २६

सेवा केन्द्रः कावासोती सेवाकेन्द्र

मितिः २६ कार्तिक २०७६

समयः ११ः०० बजे

स्थानः कावासोती सेवाकेन्द्र

समूह व्यवस्थापन तालिम – पञ्चवटी सेवाकेन्द्र – २०७६ कार्तिक २४

सेवा केन्द्रः पञ्चवटी सेवाकेन्द्र

मितिः २४ कार्तिक २०७६

समयः ११ः०० बजे

स्थानः पञ्चवटी सेवाकेन्द्र

समूह व्यवस्थापन तालिम – भविष्य निर्माण सेवाकेन्द्र – २०७६ कार्तिक २०

सेवा केन्द्रः भविश्य निर्माण सेवाकेन्द्र

मितिः २० कार्तिक २०७६

समयः ११ः०० बजे

स्थानः भविष्य निर्माण सेवाकेन्द्र

किसानको शान : एकीकृत सेवाको अभियानमा भरतपुर १०को सप्तरङ्गी साकोससंग २१औं एकिकरण

२०७६ कार्तिक ९

सहकारी संस्थाकाे संख्यात्मक हैन गुणात्मक वृद्धि गराै भन्ने नाराका साथ सहकारी एकिकरण अभियानलाई अगाडि बढाउने क्रममा भरतपुर महानगरपालिका वडा नं. १० सि्थत सप्तरङ्गी साकाेस र किसान साकाेस बिच एकिकरणकाे कार्यविधी र शर्त माथी छलफल गरी सम्झाैता सम्पन्न।

किसानको शान : एकीकृत सेवाको अभियानमा सप्तरङ्गी साकाेस सहीत २१ वटा संस्थासंग किसान साकाेसले एकीकरण गर्न सफल भएकाे छ ।

ढोडेनी गैँडाकोटमा महिला समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

०७ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम हिमचुली सेवा केन्द्र अन्तर्गत गैंडाकोट वडा ०३ ढोडेनीको देउराली सामुदायिक बनको सभाहलमा सम्पन्न भएको छ। किसान साकोसका सञ्चालक सद्स्य एवं लघुवित्त उपसमिति सदस्य श्री जयलाल पराजुली ज्यूको सभापतित्व र लघुवित्त उपसमिति सदस्य श्री डिलाराम सापकोटाको उपस्थिती भएको उक्त कार्यक्रममा ८ वटा समुहका ४४ जना महिला सहभागी लगायत सेवा केन्द्र इन्चार्ज विकास पौडेल, कर्मचारी कल्पना सुनारीको सहभागीता रहेको थियोे। कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

किर्तिमानी २०औं एकिकरण पछि किसान साकोसको सेवा अब चितवनमा पनि !!!

०५ कार्तिक २०७६ –

“किसान को शान : एकीकृत सेवा को अभियान” लाई आत्मसाथ गर्दै एकीकरणमा अर्को सफलता प्राप्त गरेको छ। किसान साकोस गैँडाकोटको सभाहलमा आयोजित एकिकरण कार्यक्रममामा भरतपुर महानगरपालिका ११ स्थित सम्वृद्धि बहुउद्देश्य सहकारी संस्था लि. संगको एकिकरण सम्झौता हस्ताक्षर सँगै सहकारी विभागबाट विधिवत एकीकरण हुन स्वीकृति प्राप्त गरि किर्तिमनी २० औं एकीकरण सम्पन्न गरेको छ।

श्री जनता निमाविमा मध्यबिन्दु १०का अभिभावक शिक्षक र विद्यार्थीहरुलाई वित्तय साक्षारता कार्यक्रम सम्पन्न

०५ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. आरुणखोला सेवाकेन्द्र अन्तर्गत मध्यबिन्दु १० को श्री जनता निम्न माध्यमिक विद्यालयमा उपस्थित अभिभावक शिक्षक र विद्यार्थीहरुलाई वित्तय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रा.अ. नवीन गुरुङ्ग ज्यूले गर्नु भएको सो कार्यक्रममा ६५ जना विद्यार्थी, ५० जना अभिभावक तथा ११ जना शिक्षकको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको संचालन सेवा केन्द्र इन्चार्ज यानी सरा गाहाले गर्नु भएको थियो र कार्यक्रमको सहजीकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

अरुणखोला सेवाकेन्द्र अन्तर्गत महिलाहरुलाई समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम मध्यबिन्दु वडा १० छेत्री टाँडीमा सम्पन्न

०५ कार्तिक २०७६ – किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा समूह व्यवस्थापन अभिमुखिकरण कार्यक्रम आरुङ्गखोला सेवा केन्द्र अन्तर्गत मध्यबिन्दु वडा १० छेत्री टाँडीको श्री जनता निम्न माध्यमीक विद्यालय को सभाहलमा सम्पन्न भएको छ । आरुङ्गखोला केन्द्रका उपसमिति सदस्य श्री नवीन गुरुङ ज्यूको सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा ७वटा समुहका ५६ जना महिला सहभागी लगायत सेवा केन्द्र इन्चार्ज यानिसरा गाहा, कर्मचारी तिल बिकको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

अरुणखोला सेवा केन्द्र अन्तर्गत महिला सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७६ कार्तिक ०४
किसान बचत तथा ऋण सहकारी संस्था लि द्वारा संचालित लघुवित्त सम्बन्धि अभिमुखिकरण कार्यक्रम आरुङ्गखोला सेवा केन्द्र अन्तर्गत मध्यबिन्दु १५ भिउराहन सुर्यबिनायक मन्दिरको सभाहलमा सम्पन्न भएको छ । अरुणखोला केन्द्रका लघुवित्त संयोजक श्री बिष्णु प्रसाद ढकालको सभापतित्वमा तथा सेवा केन्द्र ब्यवस्थापन समितिका संयोजक श्री अर्जुन खनाल ज्यूको विशेष उपस्थित रहेको कार्यक्रममा १०बटा समूहको ६४ जना सहभागी लगायत सेवा केन्द्र इन्चार्ज यानिसरा गाहा, कर्मचारी अनिता गिरिको सहभागी रहेको थियोे । कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।