Skip to main content

गैँडाकोट ५ र ८का महिला समूहहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७६-०६-२९ गते
किसान बचत तथा ऋण सहकारी संस्था लि.द्वारा सञ्चालित लघुवित्त सम्बन्धि अभिमुखिकरण कार्यक्रम गैँडाकोट नागरपालिका वार्ड न.८ विजयनगर, किसान साकोस सभाहलमा सम्पन्न भएको छ ।
 
संस्थाका अध्यक्ष श्रीहरि चालिसे ज्यूको अध्यक्षता रहेको कार्यक्रममा गैँडाकोट वडा ५ र ८ बाट विभिन्न ५ महिला समूहका २९ जना महिला सहभागीहरुको उपस्थिती रहेको थियो।
 
उक्त कार्यक्रममा किसान साकोस लघुवित्त उपसमिति सदस्य दुर्गा प्रसाद चालिसेज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

अमरापुरी सेवा केन्द्र अन्तर्गत महिला समूहहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा सञ्चालित लघुवित्त सम्बन्धि अभिमुखिकरण कार्यक्रममा अमरापुरी सेवा केन्द्र अन्तर्गत महिला समूहहरुलाई भागरको शंखदेबी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ। अमरापुरी सेवा केन्द्रका लघुवित्त संयोजक श्री हिरादेबी उपाध्यायको सभापतित्वमा रहेको कार्यक्रममा २५ जना सहभागी लगायत अमरापुरी सेवा केन्द्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

२०७६/०६/२७

किर्तिपुर साकोस र किसान साकाेस बिच एकीकरण सम्झाैता सम्पन्न। किसानको १९औ एकिकरणको किर्तिमान

आज २०७६/०६/२५गते

देवचुली नगरपालीका वडा नं ६ स्थित किर्तिपुर बचत तथा ऋण सहकारी संस्था र किसान साकाेस बिच विधीवत एकीकरण गर्न दुवै संस्था बिच एकीकरणकाे कार्यविधि सहित सम्झाैता सम्पन्न भएको छ। यो सम्झौता संगै १९औं सहकारीको एकीकरण गरि अर्काे किर्तीमान कायम गरेकाे छ।

`सहकारी संस्थाकाे संख्यात्मक हैन गुणात्मक बिकास गराै´ भन्ने उद्देश्यका साथ २०५८ साल देखि एकीकरण अभियान लिएर अगाडि बढेकाे किसान साकाेसले १८ वटा सहकारी संस्थाहरुसंग विधीवत एकीकरण गरि एकीकृत सेवा प्रदान गर्दै आइरहेकाे छ।

लघुवित्त वित्तीय व्यवसायीक योजना र प्रविधि अध्ययन भ्रमण विदाई कार्यक्रम सम्पन्न

मिति २०७६ आश्विन २३ गते
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को परिसरमा लघुवित्त वित्तीय व्यसायीक योजना र प्रविधि अध्ययन अवलोकनका लागि किसान साकोसका सञ्चालक समिति सदस्य एवं लघुवित्त वित्तीय उपसमिति समयोजक प्रेम सापकोटाज्यू अमेरिका प्रस्थान गर्ने क्रममा संस्थाबाट विदाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसे, सचिव अनिल सापकोटा, पूर्व अध्यक्ष तिलक प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा एवं ऋण उपसमिति सदस्य दुर्गा प्रसाद चालिसे, वरिष्ठ अधिकृत गणेश शर्मा, सूचना प्रविधी अधिकृत सागर क्षेत्री लगाएत कर्मचारी, शुभेच्छुकको उपस्थिती रहेको थियो। उपस्थित सबैले टिका र खादा लगाई शुभयात्राको कामना व्यक्त गर्दै बिदाई कार्यक्रम सम्पन्न भएको थियो।

विजयादशमी, शुभ-दिपावली, छठपर्व २०७६ तथा नेपाल सम्वत् ११४० को अवसरमा संस्थाको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

आज मिति २०७६ आश्विन १६ गतेका दिन विजयादशमी, शुभदिपावली, छठपर्व २०७६ तथा नेपाल सम्वत् ११४० को अवसरमा संस्थाको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभा हलमा भएको कार्यक्रम अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता र संस्थापक अध्यक्ष श्री कृष्ण प्रसाद शर्माको विशेष आतिथ्यतामा संचालन भएको थियो । संस्थाका पूर्व अध्यक्ष माधव प्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष तथा संचालक सदस्य तिलक प्रसाद पराजुली लगायत, पदाधिकारीहरु, संचालक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, विभिन्न उपसमितिका संयोजक एवं सदस्यज्यूहरु, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरुवीच शुभकामना आदानप्रदान गर्दै सहभागीहरुले संस्थागत विकासमा जोड दिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।